काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ २१० प्रतिशतले छलाङ मारेको छ । 

अघिल्लो वर्ष यही अवधिमा ३३ लाख ९२ हजार खूद नाफा आर्जन गरेको यो कम्पनीको नाफा बढेर यो वर्ष १ करोड ५ लाखको उचाईमा पुगेको हो । 

खूद नाफासँगै कम्पनीको संचालन नाफामा समेत निकै राम्रो बढोत्तरी भएको छ । अघिल्लो वर्ष ५३ लाख ३१ हजारमा सीमित यस्तो नाफा बढेर ७८ लाख ५६ हजारको उचाई चुमेको हो । 

समीक्षा अवधिमा यो लुघवित्तले ३ करोड ८२ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड १७ लाखमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीले ३३ करोड २४ लाख निक्षेप संकलन गरी तथा ५७ करोड ९० लाख सापटी लिई १ अर्ब ८ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा १४ करोड निक्षेप संकलन गरी तथा २६ करोड बढी सापटी लिएर ४९ करोड ८६ लाख बढी कर्जा परिचालन गरेको थियो । 

कम्पनीको १० करोड ९५ लाख रहेको रिजर्ब संकुचित भई २ करोड ५४ लाखमा सीमित बन्न पुगेको छ । यो राम्रो संकेत होइन । 

कम्पनीले १.०२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.६८ प्रतिशतमा सीमित गरेको छ भने अघिल्लो वर्ष ८.६० प्रतिशत रहेको कस्टअफ फण्ड बढेर ९ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा चौतारी लघुवित्तको प्रतिसेयर आम्दानी ११.३१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११३.६८ रुपैयाँ र मूल्य आम्दानी अनुपात २१.०४ गुणा कायम भएको छ ।