काठमाण्डौ । कोरोना महामारीबीच पनि स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ। 

चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले खुद नाफा ८४.५७ प्रतिशतले बढाउन सफल भएको छ। यो अवधिमा संस्थाले २ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा १ करोड ५६ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ करोड ८९ लाख रपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड २८ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी ७०.३७ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष ४ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी रहेकोमा समीक्षा अवधिमा बढेर ७ करोड ५२ लाख रुपैयाँ पुगेको छ। 

चौथो त्रैमासमा संस्थाले ७१ करोड २० लाख रुपैयाँ सापटी लिई १ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ६८ करोड ५८ लाख रुपैयाँ सापटी लिई ९० करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो। 

संस्थाले रिजर्भको आकार १३२.३६ प्रतिशतले बढाएको छ। अघिल्लो वर्ष १ करोड ५८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३ करोड ६७ लाख रुपैयाँ पुगेको छ। 

संस्थाको चुक्तापुँजी ९ करोड ३७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको चुक्तापुँजी ८ करोड २९ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३०.७४ रुपैयाँ रहेको छ। पीई रेसियो भने २९.७७ गुणा रहेको छ।