काठमाण्डौ । शनिवार सकिएको लगानी सम्मेलनको क्रममा चौधरी ग्रुपले विभिन्न सम्झौता गरी तीनवटा विदेशी कम्पनीलाई नेपालमा भित्र्याउने निश्चित गरेको छ ।

छसय मेगावाट सौर्य बिजुली उत्पादन गर्न चौधरी ग्रुप र क्यानडाको कम्पनीबीच सम्झौता भएको छ।

काठमाण्डौमा जारी लगानी सम्मेलनको क्रममा फोटोभोल्टिक बिजुली उत्पादन गर्न नेपालको व्यवसायिक घराना चौधरी ग्रुपले क्यानडाको स्काई पावरसँग सम्झौता गरेको हो।

यस्तै, चौधरी समूहको स्वामित्व रहेको सिजी टेलिकमले नेपालमा फाइभजी सेवा सञ्चालनका लागि टर्किस टेलिकम टर्कसेलसँग सैद्धान्तिक सम्झौता गरेको छ।

सिजीले टर्कसेलसँग फाइभजी सञ्चालनसम्बन्धी सम्झौता गरेको हो। सिजीले टेकिलम क्षत्रेमा आउन योजना बनाएको लामै समय भइसकेको छ ।

यस्तै, ग्रुपले सोलार प्लान्ट राख्नेबारे प्रदेश २ सरकारसँग पनि समझदारी गरेको छ । यो समझदारीपत्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले हस्ताक्षर गरेका छन् । चौधरी समूहले महोत्तरीको ढल्केबरमा १२० मेगावाट क्षमता र पर्साको परवानीपुरमा ३० मेगावाट क्षमताको सौर्य परियोजना निर्माण गर्न विद्युत विकास विभागबाट स्वीकृति पाएको थियो ।