काठमाण्डौ । नेपालकै सबैभन्दा ठूलो बहुराष्ट्रिय कम्पनी चौधरी गुप्रले सीजी सिमेन्टका लागि ठूलो संख्यामा विभिन्न पदमा आवेदन खुलाएको छ ।

कम्पनी सीजी सिमेन्टका लागि पाल्पा र काठमाण्डौ कार्यक्षेत्रमा विभिन्न २० पदमा ४७ जनाका लागि आवेदन खुलाएको हो । कम्पनीले पाल्पाका लागि मेकानिकल सेक्सन हेड ३, मेकानिकाल इन्जिनियर्स ५, सुपरभाइजर्स मेकानिकाल ४ र सिभिल इन्जिनियर्स २ जना माग गरेको छ ।

यसैगरी कम्पनीले इलेक्ट्रिकल सेक्सन हेड, इन्स्ट्रुमन्टेल सेक्सन हेड, इन्स्ट्रुमन्टेल इन्जिनियर्स, माइनिङ इन्जिनियर्स, एड्मिनिस्ट्रेसन/एचआर प्रमुख, टीपीपी सेक्सेन हेड (मेन्टेनेन्स) क्रमशः १, १, २, ७, १ र १ जना माग गरेको छ ।

यस्तै कमर्सियल सेक्सन (हेड स्टोर्स)  र कमर्सियल सेक्सन (हेड अकाउन्टस) पनि १/१ जना माग गरेको छ ।

कमर्सियल पर्चेज अफिसर र कमर्सियल सुपरभाइजर्स (स्टोर) का लागि भने २/२ जना र एड्मिनिस्ट्रेसन/एचआर सेक्सन हेड ४ जनाका लागि कम्पनीले आवेदन खुलाएको छ ।

यसैगरी कम्पनीले काठमाण्डौका लागि रिकभरी अफिसर १, सेल्स एक्जिक्युटिभ २, एफ एन्ड ए एक्जिक्युटिभ १ र मार्केटिङ मेनेजर १ जनाका लागि पनि दरखास्त आह्वान गरेको छ ।

यी सबैपदका लागि सम्बन्धित विषयमा कम्पनीमा डिप्लोमा, ब्याचरलर्स र माटर्स तहको अध्ययन पूरा गरेको हुनुपर्नेछ । त्यस्तै सम्बन्धित कामका लागि पदअनुसार कम्तीमा ४ वर्षदेखि १२ वर्षसम्मको अनुभव हुनुपर्ने कम्पनीले जनाएको छ ।

इच्छुक उम्मेदवारले आफ्नो फोटोसहित आवश्यक पूर्ण विवरण डिसेम्बर २८ तारिखसम्म इमेलमार्फत पठाउनुपर्ने छ । 
थप विवरण तल हेर्नुहोस् –