काठमाण्डौ । छात्राहरु बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् । जिल्लाका विभिन्न विद्यालयहरुमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरहरुबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन् ।

तातोपानीस्थित हिमशिखर माध्यमिक विद्यालयमा एकैदिन १५ छात्रा बेहोस हुँदा दुईपटक डाक्टर बोलाइए पनि उनीहरुलाई उपचार गर्न नदिएर १५ वैशाखमा धामी भेला गरिएको थियो ।

प्रधानाध्यापक राजु केसीले दुईपटकसम्म अभिभावक र बिरामी आफैंले डाक्टरबाट छात्राको उपचार गर्न अस्वीकार गरेको बताए । यो खबर आजको नयाँपत्रिकामा छापिएको छ ।