नयाँदिल्ली । बिहीबार नरेन्द्र मोदी भारतको प्रधानमन्त्रीको रुपमा सपथ लिइरहेका थिए । पूरा भारत मात्र होइन, विश्वले नै उनलाई चासोपूर्वक हेरिरहेको थियो । विश्वका विभिन्न देशबाट आएका राष्ट्र तथा कार्यकारी प्रमुखहरु समेत मोदीको सपथलाई नजिकैबाट नियालिरहेका थिए । मोदीकी आमा भने अहमावादस्थित आफ्नो घरमा बसेर टिभीमा आफ्नो छोराले सपथ लिएको हेरिरहेकी थिइन् । 

भातरको न्यूज एजेन्सी एएनआईमा आएको एक फोटोमा उनकी आमा हिरावेन मोदी ताली बजाउँदै टिभी हेरिरहेको देखिएको छ । नरेन्द्र मोदी(आफ्नो छोरा) भारतको प्रधानमन्त्री दोश्रो पटक बन्दा एउटी आमालाई जुन खुशी प्राप्त हुन्छ, त्यो तस्विरमा देखिएको छ । 

समाचारमा भनिएअनुसार हिराबेन मोदी विश्वकै राजनीतिक इतिहासकी पहिलो आमा हुन्, जसले आफ्नो छोरालाई ३ पटक मुख्यमन्त्री र दुईपटक प्रधानमन्त्री बनेको हेर्ने अवसर पाइन् ।

लोकसभा निर्वाचनमा प्रचण्ड बहुमतसहित निर्वाचित नरेन्द्र मोदीले बिहीबार दोश्रो पटक भारतको प्रधानमन्त्रीको सपथ लिएका थिए । 

मोदीले त्यहाँस्थित राष्ट्रपति भवनको प्रांगणमा सपथ लिएका थिए । सन् २०१४ मा मोदीलाई तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीले ८ हजार भन्दा बढी पाहुनालाई साक्षी राखेर सपथ खुवाएका थिए । यसअघि सन् १९९० मा चन्द्रशेखर तथा सन् १९९९ मा अटलबिहारी वाजपेयीले राष्ट्रपति भवनमै सपथ ग्रहण गरेका थिए । 

प्रधानमन्त्री मोदीको दोश्रो सपथ ग्रहण कार्यक्रममा विपक्षी दलका शीर्ष नेता, उद्योग जगतका दिग्गजहरु,  फिल्मी स्टारहरु, विभिन्न राज्यका मुख्यमन्त्री, बिमस्टेक सदस्य देशका नेताहरु लगायतको सहभागिता थियो । 
(इकोनोमिक टाइम्सबाट अनुदित)