काठमाण्डौ । एप्पलमा काम गर्ने एक इञ्जिनियरका छोरीले आइफोन एक्सको भिडियो भाइरल बनाइदिएकी छिन् । यो घटनापछि कम्पनीले ती इञ्जिनियरलाई कामबाट निकालिदिएको छ । 

एक मिडिया रिपोर्टकाअनुसार ब्रुक अमेलिया पिटरसन नामकी बच्चीले यो हप्ता यूट्यूूबमा आइफोन एक्सको भिडियो पोस्ट गरेकी थिइन् । यो भिडियो त्यसबेला बनाइएको थियो, जब ती बच्ची एप्पलको क्याम्पमा आफ्ना इञ्जिनियर बुुबालाई भेट्न पुुगेकी थिइन् । पिटरसनको भिडियोले एक वेबसाइटले तुरुन्तै अपलोड गरिदिएको थियो । त्यसपछि उक्त भिडियो यूट्यूूबमा पनि भाइरल भयो । 

पिटरसनले भनेकी छिन् कि आफ्ना पिताले कम्पनीको नियम तोडेका छन् र एप्पलले यस्तो नियम तोड्नेलाई सहदैन र उसले पितालाई कामबाट निकालिदियो । यस्तै, एप्पलले पिटरसनसँग यूूट्यूूबबाट भिडियो हटाइदिन समेत आग्रह गरिरहेको छ । 

यस्तै, केही मानिसहरुको भनाईमा एप्पलको यो कारबाही निकै कडा हो, तथापि भिडियोमार्फत आइफोन एक्सको कयौं गोप्य जानकारीहरु लिक भएका छन् । जस्तै, नोट्स एपमा अनरिलिज्ड एप्पल उत्पादनको कोडनेम तथा कर्मचारीलाई लागि दिइने क्यूूआर कोड सार्वजनिक भएको छ । यदि एप्पलले पिटरसनलाई हटाएको थिएन भने कार्यालयमा सुरक्षाप्रति गलत सन्देश जाने थियो । 

त्यसो त यस्ता ठूला कम्पनीमा कुनै वस्तुुको औपचारिक लञ्चअघि नै गोप्य विशेषता लिक भएको यो घटना पहिलो नै चाहि होइन । यसअघि पनि माइक्रोसफ्टले एक कर्मचारीलाई त्यसबेला निकालिदिएको थियो, जतिबेला उनका छोराले कुनै नयाँ फोनको फोटो सार्वजनिक गरिदिएका थिए ।