काठमाण्डौ । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एनआइसी एशिया बैंक लिमिटेडले खेलकुद प्रतियोगितामा समेत आफ्नो सबल उपस्थिति जनाउँदै आएको र प्राय सबै बैंकिङ्ग परिसूचकहरुमा अग्रस्थान ओगट्न सफल यस बैंकले फागुन ३० गतेदेखि २ चैत्रसम्म चितवनको सौरहामा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एनआइसी एशिया बैंकको टिम विजयी भएको छ । 

पालोमा इन्टरनेशनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट प्रालिले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टिमहरुको सहभागिता थियो । 

बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरुले आयोजना गरेको खेलकुद प्रतियोगिताहरुमा जस्तैः KKXI Corporate Cup Indoor Cricket2018 मा प्रथम, Century Bank Corporate Super Sixes Cricket 2018 मा दोस्रो, The Banker’s Cup 2018 दोस्रो तथा NIC ASIA Bank Corporate Indoor Cup 2017 मा दोस्रो हुँदै खेलकुद क्षेत्रमा समेत आफ्नो बर्चस्व स्थापित गर्दै आइरहेको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ । बैंकका ग्राहकको संख्या करिब साढे १४ लाख रहेको छ।