काठमाण्डौ । शंकर गु्रप अन्तर्गतको भगिनी कम्पनी, जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेण्टिड डक्टिलिटीसहितको एफइ ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डण्डीको उत्पादन थालेको छ । उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न कम्पनीले धुम्बाराहीका उपभोक्ताहरुका लागि टेक्निकल मिटको आयोजना गर्यो ।

कम्पनीद्वारा आयोजित टेक्निकल मिटमा बोल्दै जगदम्बा स्टिल्स प्रालिका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले राइनो ५०० डी नेपालमा भएको फलामे डण्डी भन्दा भिन्न र गुणस्तरीय गुण भएको फलामे छड पहिलोपल्ट नेपालमा ल्याईएको बताए ।

उत्पादन प्रक्रिया, भौतिक तथा रासायनिक गुणको सम्मिश्रण लगायत कारणले यो छड बजारमा उपलब्ध भएका अन्य छडभन्दा विशेष र पृथक रहेको  उनको दाबी थियो । उनले ग्रेड एफई ५०० डीमा कम्पनीले सल्फर र फोसफोरसको सम्मिश्रणको अधिकतम ०.०७५ प्रतिशत मात्र प्रयोग गरेको उल्लेख गर्दै यसले गर्दा छड अत्याधिक मजबुत हुनुका साथै बजारमा पाइने डण्डि (एफइ ५०० ग्रेड) हरु भन्दा ३३ प्रतिशत बढी उच्च लचकताको सुनिश्चितता गर्ने खालको भएको दाबी गरे।

कम्पनीकाअनुसार उच्च डक्टिलिटी/लचकता र शक्ति सहितको राइनो ५००डी उच्च भुकम्पीय जोखिम भएको हाम्रो देशका लागि अति उपयुक्त छ । कम्पनीको विशेष खुद्रा बिक्री केन्द्रमार्फत उपभोक्ताले ८ एमएम देखि ४० एमएमसम्मको साइज सहजै राइनो ५००डी फलामे डण्डी खरिद गर्न सक्छन् ।