काठमाण्डौ । जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक आफ्नो उत्पादनका लागि एन. एस. क्वालिटी अवार्ड अन्तर्गत लेटर अफ अप्रीसिएसनद्वारा सम्मानित भएको छ । 

यो वर्ष शुभश्री जगदम्बा सिमेन्टको पोर्टल्याण्ड स्ल्यागसिमेन्ट (पि. एस. सि.)ले यो अवार्ड प्राप्त गरेको छ । 

यसअघि सन् २०१४ र २०१५ मा आफ्नो अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (आ.पि.सि.) सिमेन्टको लागि जगदम्बा सिमेन्ट यो अवार्डबाट सम्मानित भएको थियो । उत्पादनको प्रारम्भदेखि नै कम्पनीको गुणस्तरीयताप्रति प्रतिवद्धता रहिआएको छ । एकपछि अर्काे सम्मानहरुबाट जगदम्बा सिमेन्टले गुणस्तरीयता प्रतिबद्धतालाई पुष्टि गरेकोे छ ।  

यस अवसरमा जगदम्बा सिमेन्टका वरिष्ठ ब्रान्ड प्रबन्धक, जगन्नाथ दाहाल भन्छन्, “यस्तो गरिमामय सम्मान बारम्बार पाउनु हाम्रो लागि गर्वको कुरा हो, यसबाट अझ बढी परिश्रम र थप जिम्मेवारी बहन गर्ने प्रेरणा मिलेको छ । पिएससी सिमेन्ट उत्पादकहरुमध्ये क्वालिटी अवार्ड प्राप्त गर्ने हामी नै पहिलो हौं । गुणस्तर उत्पादन हाम्रो पहिलो प्राथमिकतामा पर्दछ ।”

त्यसै गरी जगदम्बा सिमेन्टका कार्यकारी निर्देशक अजय जटियाले“उत्पादनमा गुणस्तरीयता कायम गरे बापत गुणस्तरीय एनएस क्वालिटि अवार्ड हामीले तेस्रो पटक प्राप्त गरेका छौं, ग्राहकवर्ग एवं शुभेच्छुकहरुको हामीप्रतिको विश्वासबिना यो उपलब्धि सम्भव थिएन, त्यसैले यो सम्मान हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उपभोगता वर्ग, कर्मचारी वर्ग एवं शुभचिन्तकहरुप्रति समर्पण गर्न चाहान्छौंं” भने ।

जगदम्बा सिमेन्टले उत्पादन गरेका गुणस्तरीय सिमेन्टहरु शुभश्री जगदम्बा सिमेन्ट पि.एस.सि., जगदम्बा सिमेन्ट पि.पि. सि., अल्ट्रा प्रिमियम ओ.पि.सि., जगदम्बा अल्ट्रा एक्टिभ पि.पि.सि., जगदम्बा अल्ट्रा अल्टिमो पि.एस.सि., फोर्स पि.एस.सि., जगदम्बा एभरलास्ट पि.पि.सि., आदि रहेका छन् ।