काठमाण्डौ । बैंकहरुले जथाभावी रुपमा बिमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था हुने भएको छ । 

नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था हुने घोषणा गरेको हो । 

पछिल्लो समय बैंकहरुले विभिन्न बिमा कम्पनीसँग सम्झौता गरी आफ्ना ग्राहक तथा ऋणिहरुलाई अनावश्यक रुपमा ती कम्पनीका बिमा पोलिसी भिराउन थालेपछि राष्ट्रबैंकले यसमा नियमन गर्न खोजेको हो । 

बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहका क्रममा ऋणी स्वयम्ले छनौट गरेको बीमा कम्पनीबाट मात्र कर्जाको सुरक्षण स्वरुप राखिएको सम्पत्तिको बीमा गराउनुपर्ने छ । यस्तै, कर्जासँग प्रत्यक्ष रुपले सम्बन्धित बीमा पोलिसी बाहेक अन्य कुनै पनि प्रकारको बीमा पोलिसी बिक्री गर्न नपाउने व्यवस्था समेत गरिने मौद्रिक नीतिमा उल्लेख छ ।