काठमाण्डौ । एनआइसी एशिया बैंकले जनकपुर उपमहानगरपालिकामा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक उद्घाटन गरेको छ । 

धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडानम्बर ८ पिडारीचोकमा स्थापित शाखाको आइतबार एक समारोहका बीच उद्घाटन गरिएको हो । 

सो शाखाको प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरे ।

हाल यो बैंकको देशभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ । बैंकका करिब १६ लाख ग्राहक पुगिसकेका छन् ।