काठमाण्डौ ।  नेपाल अधिराज्यभरी १७ वटा सामसङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १८ औं सेवा केन्द्र जनकपुरको भानुचौकमा सुरु गरेको छ । 

सो केन्द्रको एक औपचारिक समारोहका बीच उद्घाटन समेत गरिएको छ।

उद्घाटन समारोहमा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले भने–“हाम्रा अमुल्य ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै हाम्रो मुख्य उदेश्य हो । प्रत्येक सेवा केन्द्रको स्थापना संगै हाम्रो प्रयत्न धेरैभन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रीपछिको सेवा प्रदान गर्नु हो।”