काठमाण्डौ । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेडले आफ्नो ३६ औं शाखा धनुषाको भानुचोक, जनकपुरमा  स्थापित गरेको छ । 

नवनिर्मित शाखाको समुद्घाटन जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह र बैंक संचालक समितिका अध्यक्ष रामबहादुर भण्डारीले शुक्रबार एक समारोहका बीच संयुक्त रुपमा गरे । 

सो कार्यक्रमा बंैकका अध्यक्षले नवस्थापित सो शाखाबाट सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बताए । समारोहमा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष साहले बैंकले सामाजिक उत्तरदायित्वमा समेत ध्यान दिनुपर्ने बताए । 
शाखाको सुरुवातसँगै बैंकले एटीएम सेवा समेत संचालन गरेको छ । 

उद्घाटन समारोहमा आफ्नो मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले बैंकले आगामी दिनमा देशका विभिन्न स्थानमा शाखा कार्यालय विस्तार गर्दै ग्रामिणमुखी र आधुनिक एवं स्तरीय बैंकिङ्ग सेवा प्रदान गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा टेवा पुर्याउदै गुणात्मक बृद्धि तथा वित्तीय पहुँच विस्तार गर्ने बताए । साथै, उनले बैंक तथा बित्तीय संस्थाको संस्थागत सुशासनमा ध्यान पुर्याउने र गाउं केन्द्रित सेवा विस्तारलाई प्राथमिकतामा राख्नेमा जोड दिए । 

हालसम्म बैंकले सबै शाखा कार्यालयमार्फत १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकलाई विभिन्न आधुनिक बैंकिङ्ग  लगायत ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसीटी डेबिट कार्ड, सञ्चयकोष,, स्वेच्छिककोष, उपदानकोष  आदि जस्ता बैंकिङ्ग सेवा दिइरहको जनाएको छ ।