काठमाण्डौ । जनकपुरमा रोयल इन्फिल्ड मोटरसाइकलको सोरुम स्थापना गरिएको छ । 

नारायणी मोटर्सले रोयल इन्फिल्डको डिलरको रुपमा सोरुम स्थापना गरेको हो । एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगडले एक समारोहका बीच नारायणी मोटर्सको उद्घाटन गरेका छन् । 

उद्घाटनको अवसरमा अध्यक्ष दुगडले रोयल इन्फिल्ड अहिले एउटा लाइफस्टाइल बनिसकेको र यो एउटा आवश्यक सवारी साधनको रुपमा परिचित भएको बताए । सोरुम उद्घाटनको अवसरमा ‘मिथिला राइड’ समेत आयोजना गरिएको थियो । मिथिला राइडमा रोयल इन्फिल्डका बाइकले सहर परिक्रमा गरेका थिए । 

जनकपुरको मुजेलियामा खोलिएको उक्त सोरुमबाट ग्राहकले सबै मोडलका रोयल इन्फिल्ड बाइक पाउन सक्ने छन् । नारायणी मोटर्सले ३ महिनामा ५० मोटरसाइकल बिक्री गरिसकेको र एक बर्षमा २ सय मोटरसाइकल बिक्री गर्ने लक्ष्य लिएको बताएको छ । 

आगामी दिनमा प्रत्येक महिना विभिन्न प्रकारका राइड कार्यक्रम आयोजना गरिने बताइएको छ । सोरुम उद्घाटनको अवसरमा नारायणी मोटर्सका सञ्चालक डा. अभिशेक गोयन्का र दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अपरेसन मेघराज पौडेलको समेत उपस्थिति थियो । 

नारायणी मोटर्सले मोटरसाइकल बिक्री–वितरण गर्नुका साथै स्पेयर पार्ट्स र मर्मत सुविधा समेत उपलब्ध गराउने छ । नेपालमा दुगड ब्रदर्स एन्ड सन्स रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक बितरक हो ।