काठमाण्डौ । धनुुषाको जनकपुर उपमहानगरपालिकामा एमाले अवस्था दयनीय देखिएको छ । 

चारवटा वडाको ८ सय मत गन्दा राजपा उम्मेद्वार लालकिशोर साहले एमालेका मेयरका उम्मेद्वार लक्ष्मीनारायण भगतभन्दा करिब १४ गुणा बढी मत पाएका छन् । 

राजपाको तर्फबाट मेयरका उम्मेद्वार साहले ४ सय ३२ मत पाएका छन् । तेश्रो स्थानमा रहेको एमालेका भगतले ३१ मत मात्र पाएका छन् । 

दोश्रो स्थानमा रहेको कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार मनोज साहले १५६ मत ल्याएका छन् । 

यसरी निकटतम प्रतिदन्दी भन्दा राजपाका साहले करिब तेब्बर बढी मतले अग्रता लिइरहेका छन् ।