काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर क्षेत्रको विकासका लागि १०० करोड रुपैयाँ बराबरको अनुदान घोषणा गरेका छन् । 

नेपाल भ्रमणको क्रममा रहेका मोदीले जनकपुरको रंगभूमि मैदानमा आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्ने क्रममा त्यस्तो घोषणा गरेका हुन् । 

मोदीको भ्रमण तय भएदेखि नै जनकपुरका लागि भारतले विशेष प्याकेज घोषणा गर्ने चर्चा हुने गरेको थियो ।