काठमाण्डौ । जनता बैंकले नयाँ निक्षेप खाता योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ ।
 
सेवा बजारमा उपलब्ध विभिन्न प्रकारका सुविधाहरुलाई मध्यनजर गरी निक्षेप ग्राहकहरुलाई अधिकतम लाभ पुर्याउने उद्देश्यले जनता बैंक नेपाल लिमिटेडले आकर्षक बीमा सुविधासहितको बचत योजना ‘जनता सुरक्षा बचत खाता’ संचालनमा ल्याइएको बैंकले जनाएको छ ।
 
यो बचत योजना चैत ७ गतेदेखि लागू हुनेछ ।
 
जनता सुरक्षा बचत खाताका विशेषताहरु यसप्रकारका छन्:
  • न्यूनतम निक्षेप रु. १०,०००। म खाता खोल्न सकिने ।
  • वार्षिक ७ प्रतिशत ब्याज त्रैमासिक रुपमा उपलब्ध गराइने ।
  • बचतकर्ताको रु. १० लाखसम्मको दुर्घटना बीमा गरिएको ।
  • बचतकर्ता बिरामी भई अस्पताल भर्ना हुनु पर्दा रु. १ लाखसम्मको उपचार खर्च र भर्ना नभई उपचार गर्दा रु. ५,०००। सम्मको उपचार खर्चको बीमा गरिएको ।
  • बचतकर्तालाई लकर सुविधामा वार्षिक ५० प्रतिशत छुट दिइएको ।
  • अन्य खाताहरुमा जस्तै एटीएम, एबीबीएस, इन्टरनेट बैकिङ, मोवाइल बैकिङ र सीआस्वा सुविधा रहेको ।
 
सबै उमेर समूहका ग्राहकले नजिकको शाखा कार्यालयबाट जनता सुरक्षा खाता खोली यो योजनामा सहभागी हुन सक्नेछन् । यसका लागि ग्राहकले खाता खोल्दा भर्ने नियमित फारामको अतिरिक्त बीमा सम्बन्धी एउटा फाराम भर्नुपर्नेछ । यस बचत योजना नेको इन्स्युरेन्सको सहकार्यमा ल्याइएको बैंकले प्रष्ट्याएको छ । 
 
बैंकले हालदेशभरबाट ९८ शाखा सञ्जाल, ३१ शाखारहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको  छ ।