काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र मेडिसिटि अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहक वर्गलाई उपचार खर्चमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

सम्झौतापत्रमा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालको तर्फबाट महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे । 

सम्झौताअनुसार जनता बैंकका कर्मचारी र जनता बैंकको डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले भंैसेपाटी स्थित मेडिसिटी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवामा विशेष छुट पाउनेछन् ।