काठमाण्डौ । जनता बैंक नेपाल लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेड एक आपसमा मर्जर सम्बन्धी प्रस्ताव यही २०७६ मंसिर २ गते सम्पन्न दुवै बैंकको साधारण सभाबाट पारित भइसकेको छ ।

मर्जर पश्चात ग्लोबल आईएमइ बैक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भईरहेको बैंकले जानकारी दिएको छ । यही मर्जर प्रक्रियालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुको सुविधाका लागि यी दुवै बैंकहरुबाट जारी गरिएका कार्डहरु यी दुवै बैंकहरुका कुनै पनि एटीएममा चलाउँदा कुनै शुल्क नलाग्ने  बैंकले जानकारी गराएको छ ।

मर्जर पश्चात बन्ने ग्लोबल आईएमइ बैक लिमिटेडको मुलुकको ७ वटै प्रदेश तथा ७७ वटै जिल्लामा उपस्थिति हुनेगरी तयारी भरहेको बैंकले बताएको छ । करिव ३०० भन्दा बढी शाखा सञ्जाल, ३२०० कर्मचारी, २० लाख ग्राहक संख्या सहितको बैक बन्नेछ । मर्जर पश्चात बन्ने ग्लोबल आइएमई बैंक चुक्ता पूँजी करिव १९ अर्ब, निक्षेप रु. २ खर्ब १३ अर्ब, कर्जा रु. १ खर्ब, ९४ अर्ब भएको सवल र सक्षम बैक बन्ने विश्वास लिईएको बैंकले बताएको छ ।