काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै जनता बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १२ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले ९७ करोड २६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १ अबए ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब २७ लाख रुपैयाँ रहेको थियो । बैंकको नाफा ३४.११ प्रतिशत वृद्धि गर्न सफल भएको हो ।

अघिल्लो वर्ष १ अर्ब ३२ करोड रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब २ लाख रुपैयाँको उचाइमा पुगेको छ । अघिल्लो वर्ष २ अर्ब ४० करोड रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर ३ अर्ब ४१ रुपैयाँ करोड रुपैयाँको उचाइमा पुगेको छ ।

अघिल्लो वर्ष ६८ करोड ६० लाख रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष बढेर ९७ करोड ८६ लाख रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा २६.३७ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार १ अर्ब ७० करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार १ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले ७६ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ४४ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ५८ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब ७९ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.८१ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जाको अनुपात १.११ प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड १.५३ प्रतिशत र आधार दर ९.९५ प्रतिशत रहेको छ ।