काठमाण्डौ । लमजुङको दोर्दी गाउँपालिका हिले बजारस्थित श्रीफलेनी माध्यमिक विद्यालयका विद्यार्थीलाई जनता बैंकका तर्फबाट स्कुल ब्याग वितरण गरिएको छ ।

४० औं राष्ट्रियशिक्षादिवस तथा ५३औं अन्तराष्ट्रिय साक्षरतादिवसको अवसरमा बैंकले विकट भौगोलिक अवस्थितिमा रहेको उक्त विद्यालयमा अध्ययनरत नर्सरीदेखि कक्षा ७ सम्मका २०६ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो । विद्यालयमा अयोजित एक कार्यक्रमबीच दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङ र बैंकको दार्दी शाखाका शाखा प्रबन्धक हिराकुमार मोक्तानले विद्यार्थीलाई ब्याग वितरण गरेका थिए।

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ । बैंकले विगत वर्षहरुदेखि नै ग्रामिण क्षेत्रको शैक्षिक गुणस्तर विकासका लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीलाई विभिन्न प्रकारको छात्रवृत्तिको ब्यबस्था गर्नुका साथै शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको छ ।