काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै जनता बैंक नेपाल लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १३.९६ प्रतिशतले बढाउन सफल भएको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ३६ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही अवधिमा ३२ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ५३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५२ करोड २ लाख रुपैयाँ रहेको छ । गत वर्ष सञ्चालन मुनाफा ४५ करोड ६७ लाख रुपैयाँ रहेको थियो ।

यसैगरी बैंकले प्रथम त्रैमासमा खुद ब्याज आम्दानी ९९ करोड ७५ रुपैयाँ गरेको छ । गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७९ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ७५ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ७२ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ६६ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा १ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार १ अर्ब ६९ करोड रुपैयाँ रहेको थियो ।