काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले बुधबारदेखि कारोबार शुभारम्भ गरेको छ । 

कम्पनीले आज एक औपचारिक कार्यक्रमबीच कारोबार शुभारम्भ गरेको हो । 

कम्पनीमा नेपालका प्रमुख बैंक तथा वित्तीय संस्थाहरुको साथै बिशिष्ट व्यापारिक घराना तथा अन्य व्यक्तिहरु गरी जम्मा १८२ जना संस्थापक शेयरधनीहरुको लगानी रहेको छ ।

कम्पनीको चुक्तापुँजी १ अर्ब रहेकोमा संस्थापक समुहबाट रु.७० करोड रकम चुक्ता भई सकेको र बाँकी ३० प्रतिशत सर्वसाधारण शेयरधनीको लागि छुट्टाइएको बताइएको छ । यसको अर्थ यो कम्पनीले निकट भविष्यमै सर्वसाधारणका लागि ३० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्नेछ । 

सो कार्यक्रममा कम्पनीका महाप्रबन्धक एसके तमोटले ६ महिना भित्र देशका विभिन्न क्षेत्रमा कम्तीमा ४५ वटा शाखाहरु बिस्तार गर्ने योजना सुनाएका थिए । नेपालमा यो कम्पनी निर्जीवन व्यवसाय शुरु गर्ने १८औं कम्पनी हो ।