काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमीटेडले ३० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । 

यो कम्पनीले रु. १०० अंकित दरका ३० लाख कित्ता सेयरहरु सर्वसाधारणहरुमा निश्कासन गर्ने प्रक्रिया अगाडि बढाउने क्रममा एनआईबिएल एस क्यापिटल लिमीटेडलाई धितोपत्र निश्कास तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सो शेयर निष्काशन सम्बन्धी सम्झौता—पत्रमा जनरल इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के.टमोट र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत मेखबहादुर थापाले हस्ताक्षर गरेका कम्पनीले जनाएको छ । 

जनरल इन्स्योरेन्स कम्पनीको अधिकृत पूँजी रु.२ अर्ब, जारी पूँजी रु.१ अर्ब र चुक्तापूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरेपछि कम्पनीको चुक्तापूँजी रु.१ अर्ब हुनेछ ।  

जनरल इन्स्योरेन्स कम्पनी नेपाल कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४/०८/१० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७४/१०/२४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न इजाजतपत्रप्राप्त गरेको यस कम्पनीले २०७४/०३/०६ गतेदेखि आफ्नो बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.१ हात्तीसारमा रहेको छ । कम्पनीले कारोवार शुरु गरेको  छोटो अवधिमै नेपालका मुख्य शहरहरु काठमाण्डौ उपत्यकाबाहिर बिर्तामोड, दमक, इटहरी, धरान, बिराटनगर, बनेपा, हेटौडा, नारायणगढ, चरीकोट, लाहान, जनकपुर, हरिओन, बिरगञ्ज, बर्दिबास, पोखरा, बाग्लुङ्ग, कावशोती, बुटवल, भैरहवा, घोराही, नेपालगञ्ज, धनगढी, टीकापुर, महेन्द्रनगर, बट्टार, वालिङ, मणिग्राम, फसाििटकर, भुमहीमा काठमाण्डौ उपत्यकाभित्र कालिमाटि, महाराजगञ्ज,चावहील, न्यूरोड, नयाँबानेश्वर, बालाजु, जावलाखेल, भक्तपुर गरी कुल ३७ वटा शाखा कार्यालय र १० तेश्रोपक्ष बीमा काउण्टरमार्फत् बीमा सेवा प्रदान गरिरहेको छ ।