काठमाण्डौ। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै सुरुआती प्रक्रिया अगाडि बढाएको हो। कम्पनीले गत असार ५ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको छ। 

कम्पनीले रु ३० करोडबराबरको ३० लाख कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीले चुक्तापुँजी १ अर्ब पुर्याउन आईपीओ निष्कासन गर्ने प्रक्रिया थालेको हो। 

हाल कम्पनीको चुक्तापुँजी ७० करोड रुपैयाँ रहेको छ। कम्पनीले ३० करोड रुपैयाँबराबरको आईपीओ बिक्री गरेपछि चुक्तापुँजी १ अर्ब रुपैयाँ पुग्नेछ। 

कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई नियुक्त गरेको छ।