काठमाण्डौ । जनसेवी लघुवित्त बित्तीय संस्थाले सर्वसाधारणका लागि २ करोड ९४ लाख रुपैयाँ बराबरको साधारण सेयरको निश्कासन गर्ने भएको छ । 

यो लघुवित्त संस्थाको दोश्रो साधारणसभाले सर्वसधारणका लागि २ लाख ९४ हजार कित्ता साधारणको सेयरको प्राथमिक निश्कासन(आइपीओ) गर्ने निर्णय गरेको हो । 

पर्वतको कुश्मामा केन्द्रीय कार्यालय रहेको यो लघुवित्त संस्थाले १० वटा जिल्लालाई कार्यक्षेत्र बनाई काम गरिरहेको छ । 

कम्पनीको हाल चुक्तापूँजी ४ करोड ९० लाख रुपैयाँ रहेको छ । आइपीओपछि चुक्तापूँजी ८ करोडको हाराहारीमा पुुग्नेछ । 

साधारणसभाले आइपीओपछि कायम हुने चुक्तापूँजीको १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।