काठमाण्डौ । जनसेवी लघुवित्त र स्वाभिमान माइक्रोफाइनान्सको आइपीओमा थामिनसक्नु गरी आवेदन परेको छ। 

आइपीओ खुलेको तेश्रो दिन सोमबार साँझ ५ बजेसम्म जनसेवीको आइपीओ ११.५० गुणा र स्वाभिमानको आइपीओ २६.६८ गुणाले ओभरसब्स्क्राइब्ड भइसकेको छ । 

सिडिएससीका अनुसार जनसेवी लघुवित्तको आइपीओमा २ लाख ७७ हजार ४३७ आवेदकबाट ४९ लाख ८२ हजार ८६० कित्ताका लागि आवेदन परेको छ । योकम्पनीले निश्कासन गर्ने कुल आइपीओमध्ये ७ हजार १४५ कित्ता सो कम्पनीका कर्मचारीका लागि, २३ हजार १६५ कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ३२ हजार ९९० सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । यसको अर्थ सोमबार साँझ ५ बजेसम्म परेको आवेदन मागको तुलनामा ११.५० गुणा बढी हो । 

यसैगरी, स्वाभिमान माइक्रोफाइनान्सको आइपीओमा २ लाख ७० हजार ८०८ आवेदकबाट ४९ लाख ५३ हजार १७० कित्ताका लागि आवेदन परेको छ । कुल निश्कासन हुने कित्तामध्ये ३ हजार ९३ कित्ता सो कम्पनीका कर्मचारीका लागि, ९ हजार ९३० म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको १ लाख ८५ हजार ५८७ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । यसको अर्थ कम्पनीको आइपीओमा मागभन्दा २६.६८ गुणा बढी आवेदन परिसकेको छ । 

दुवै कम्पनीले शुक्रबारदेखि आइपीओ निश्कासन गरेका हुन् ।

यी दुवै कम्पनीको आइपीओ खरीदका लागि छिटोमा बैशाख ३१ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ । 

जनसेवीको आइपीओको निश्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमीटेड रहेको छ भने स्वाभिमानको सिद्धार्थ क्यापिटल मार्केट लिमीटेड रहेको छ । 

पर्वतमा मुख्य कार्यालय रहेको जनसेवी लघुवित्त कम्पनीको जारी पूँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । जसमध्ये ९ करोड ८० लाख संस्थापकले हालेका छन् भने आइपीओमार्फत ४ करोड ६३ लाख उठाउने योजना छ, जुन सर्वसाधारण सेयरको रुपमा रहनेछ ।

आइपीओपछि कम्पनीको चुक्तापूँजी १४ करोड ४३ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्स कम्पनीले २१ वटा शाखा बिस्तार गरी पर्वत, बाग्लुङ, म्याग्दी, रुकुम, रोल्पा लगायतका १० जिल्लामा बित्तीय सेवा प्रवाह गरिरहेको छ । 

इक्रा नेपालले यो कम्पनीको आइपीओलाई आइपीओ ग्रेड फोरको रेटिंग दिएको छ, जसको अर्थ औसत भन्दा कमजोर छ भन्ने हो । 

यसैगरी, स्वाभिमान माइक्रोफाइनान्सको क्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाखको उचाईमा पुग्नेछ।

यो माइक्रोफाइनान्सको मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा ६, मणिग्राममा रहेको छ ।