काठमाण्डौ । जनसेवी लघुवित्त वित्तीय संस्था लिमीटेडसँग कालिका लघुवित्त वित्तीय संस्था गाभिने भएको छ । 

यी दुई कम्पनीबीच आपसमा गाभ्ने गाभिने विषयमा सम्झौता भएको हो । 

सम्झौतासँगै नेप्सेले जनसेवीमा गाभिन लागेको कालिका लघुवित्तको सेयर कारोबार रोक्का राखिएको सूचना प्रकाशित गरेको छ । 

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुमा मर्जरको लहर चलेको छ । लाइसेन्स वितरण गर्दा अन्धाधुन्ध गरेको राष्ट्रबैंकले लघुवित्तको संख्या धेरै भएको भन्दै मर्जरमा जान दवाब दिएसँगै लघुवित्त वित्तीय संस्थाहरुबीच मर्जरको लहर देखिएको हो ।