काठमाण्डौ । जन्मदिन भन्दा ठीक एकदिनअघि विश्वका सबैभन्दा धनी व्यक्ति बिल गेट्सलाई यस्तो झट्का लागेको छ, जसको सायद उनलाई जीवनभरि याद रहिरहनेछ । शुक्रबार अमेजन कम्पनीका फाउण्डर जेफ बेजोसले बिल गेट्सलाई पछाडि पार्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन् । 

खासगरी अमेरिकी मार्केट खुल्नासाथ अमेजनको सेयरमा १० प्रतिशत भन्दा बढीको वृद्धि भयो । जसकारण बेजोसको कुल सम्पत्ति ९० अर्ब डलर माथि पुुगेको छ । जबकि बिल गेट्सको सम्पत्ति शुक्रबारको सेयर कारोबारपछि पनि ८८.५ अर्ब डलर मात्र रहेको छ । 

अमेजन कम्पनीले राम्रो आम्दानी गरेको रिपोर्ट सार्वजनिक भएपछि बजार खुले लगत्तै कम्पनीको सेयर मूल्यमा ११ प्रतिशत वृद्धि भई १०८० डलरको उचाईमा पुुगेको छ । सिएनबिसीको रिपोर्टका अनुसार यो बढोत्तरीसँगै बेजोसको कुल सम्पत्ति ९० अर्ब भन्दा बढी पुुगेको छ, जुन माइक्रोसफ्टको संस्थापक बिल गेट्सलाई पछाडि पार्न काफी थियो । बिल गेट्सको सम्पत्ति ८८.५ अर्ब डलर आसपास रहेको छ । 

हुन त माइक्रोसफ्ट कम्पनीको समेत राम्रो आम्दानीको रिपोर्ट बाहिर आएसँगै उसको सेयर मूल्यमा पनि तीव्रता आयो, जसका कारण बिल गेट्सको कुल सम्पत्तिमा ५५ करोड डलरको वृद्धि भयो । तर, यो बढोत्तरी गेट्सलाई विश्वकै धनी बनाइराख्न पर्याप्त भएन ।