काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा  आफ्नो जन्मदिनको अवसरमा सेवा लिने आन्तरिक तथा बाह्य  पर्यटकलाई केवलकार सेवा  निशुल्क प्रदान गर्ने व्यवस्था गरिएको जनाएको छ ।

चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको कम्पनीले जनाएको हो । यो योजनाअन्र्तगतको सेवा लिन पर्यटकले जन्मदिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनु पर्ने बताएको छ । 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हललगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।