काठमाण्डौ । प्राणघात कोरोनाभाइरसबाट यतिबेला चिनियाँ जनता संत्रस्त छन् ।

यो भाइरसबाट इपिसेन्टर वुहानका सहरहरु उद्योगधन्दा, कलकारखाना र व्यापारव्यवसाय चौपट भएका छन् । त्यतिमात्र होइन आमसर्वसाधारण यति घरबाट बाहिर निस्किनसमेत डराइरहेका छन् ।

बिहानी र दिउँसो केही मानिस बाहिर निस्केपछि साँझपछि भने वुहानका सहरहरु मानवशून्य बन्न थालेका छन्। अत्यावश्यकबाहेक विरलै मानिस घरबाहिर निस्कन्छन् ।

घरभित्रै बस्न मानिसहरु दिनरात कटाउन यतिखेर विभिन्न अनलाइन गेममा मस्त हुन थालेका छन् । कोही अनलाइन च्याटिङ व्यस्त हुन्छन् । 

हरेक वर्ष जनवरी वा फेब्रुअरीमा चिनियाँ नयाँ वर्ष पर्छ । त्यति अधिकांश कार्यालयहरुले आफ्ना कर्मचारीलाई बिदा दिएका हुन्छन् । तर यति बेला भनेर नयाँ वर्ष उमंगमा होइन कोरानाको डरले सबैतिर ठप्प छ । 

सीएनएनका हालै वुहानका तीन सहरमा मानिसको दिनचर्याबारे खोज गरेको थियो । खोजमा तीन सहरका जनता घरभित्रै विभिन्न अनलाइन गेम र साथीभाइ तथा इष्टमित्रसँग अनलाइन च्याटिङमै समय व्यतीत गरिरहेको पाइयो । कतिपय कामकाजी मानिस भने घरमै बसेर कार्यालयका कामहरु गरिरहेका देखियो । 

‘नयाँ वर्षमा हामी प्रायः बाहिर घुम्न जान्थ्यौँ तर यतिबेला कोरोनाभाइरसले सबै योजना तुहियो’, निर्माण कम्पनीमा कार्यरत संलग्न स्थानीय २४ वर्षीय ग्याङचो याङ भन्छन्, ‘अहिले घरभित्रै बसेर अनलाइन गेम खेलेर दिनरात बितिरहेको छ ।’

याङले कम्पनीले धेरै लामो बिदा दिँदा वाक्क लागेको बताए । ‘अहिले कम्पनीका कोही काम घरमै बसेर गरिरहेको छु’, उनले भने, ‘कम्पतीले नियमित रुपमा तलब पठाइरहेको छ ।’ 

टेनसेन्ट मोबाइल गेम अनर अफ किङ्स यतिबेला निकै खेल्न गरेको पाइएको छ । एसियामा गेम क्षेत्रमा अनुसन्धान गर्दै आएको निको  पाटनर्सका अनुसार कोरोनाभाइरसले अनर अफ किङ्स गेम खेल्नेको संख्या गत वर्षको तुलनामा ह्वात्तै बढेको छ । ‘भाइरसको डरले घरबाहिर निस्किन प्रतिबन्धजस्तै छ, कार्यालयहरुले लामो बिदा दिएका छन्’, निकोले भनेको छ, ‘त्यसैले अनलाइन गेममा रमाउनेहरुको संख्या बढेको छ।’

अहिले चीनमा अनर अफ किङ्स, ब्याटल ग्राउन्डस, लिग या लिजेन्डस् अनलाइन गेमहरु निकै लोकप्रिय बन्दै गएका छन् । मानिसहरुले यी खेलहरुमा १०० यानदेखि ४ हजार यानसम्म खर्च गर्दै आइरहेका छन् । 

बेइजिङस्थित एउटा कच्चा पदार्थ उत्पादन गर्ने कम्पनीमा सेक्रेटरीका रुपमा कार्यरत जियाहुई वाङ एक महिनाअघि नयाँ वर्ष मनाउन वुहानस्थित तियुआन सहरमा फर्किन् । कोरोनाभाइरसको आक्रान्तपछि उनी कम्पनीमा फर्किन सकेकी छैनन् । ‘घरमा बस्दा बस्दा दिक्क लागिसकेको छ’, उनले भनिन्, ‘दिनचर्या रमाइलो गरी बिताउन अनलाइन गेमको सहयोग लिनुपरिरहेको छ’, उनले भनिन् । 

यतिबेला बिहानी र दिउँसोको समयमा अत्यावश्यक वस्तु किन्न छिटफुट रुपमा मानिसहरु बाहिर निस्कन्छन् । यद्यपि स्थानीय प्रशासनले मास्क लगाएरमात्र निस्कन अनुमति दिइरहेको छ । ‘यस्तो संन्त्रासका बीच अनलाइन गेमले मानसिक तनाव कम गर्न निकै सहयोग गरिरहेको छ’, स्थानीय ३२ वर्षीय सेलमेन्ट विनले भने, ‘म पनि अहिले अनलाइन गेमहरु नै खेल्ने गर्छु, केही समय विच्याट्मा साथीभाइसँग गफ गर्छु ।’

यो भाइरसबाट हालसम्म चीनसहित विश्वभर १६ सयभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने ६० हजारभन्दा बढी प्रभावित छन् । – एजेन्सी