काठमाण्डौ । जर्मनीको गठबन्धन सरकारले १३० बिलियन युरोको आर्थिक प्रोत्सान प्याकेजमा सहमति जनाएको छ। जसअन्तर्गत कर कटौती र प्रत्येक परिवारलाई प्रतिबालबालिका ३०० युुरो प्रदान गरिनेछ।

कोरोनाभाइरसका कारण प्रभावित बनेको अर्थतन्त्रलाई पुुनः सुुचारु गर्न जर्मन सरकारले यस्तो कदम चाल्न लागेको जनाएको छ। कोरेनाको प्रभावका कारण यतिबेला जर्मनी ७० वर्ष यताकै खराब आर्थिक मन्दीतर्फ अग्रसर भइरहेको छ। “हामीले अब अर्थव्यवस्था अभिवृद्धि गर्न सफलता हासिल गर्नुुपर्दछ”, जर्मन चान्सलर एन्जेला मर्केलले भनिन्। 

मार्केलले जर्मनीमा कामविहीन बनेका करिब ७० लाख कामदारको संख्याले जर्मनीमा अवस्था कति नाजुुक छ भनेर देखाएको बताइन्। कोरोनाका कारण प्रभावित बनेको अर्थतन्त्रलाई उकास्न जर्मन सरकारले भ्याटमा कटौती, बालबालिका भएका प्रत्येक परिवारलाई नगद र विद्युुतीय कार खरिद गर्नेलाई प्रोत्साहनस्वरुप सहुुलियत प्रदान गर्ने भएको छ। 

उपभोक्ताको खर्च गर्ने क्षमता बढाउन भ्याटलाई जुुलाई १ गतेबाट लागू भई ३१ डिसेम्बरसम्मका लागि १९ प्रतिशतबाट १६ प्रतिशतमा झारिएको छ। भ्याट कटौतीले मात्रै जर्मन सरकारलाई २० बिलियन डलरको अतिरिक्त भार पर्नेछ। 

यसका साथै प्रत्येक परिवारलाई घरमा भएका प्रतिबालबालिकाका आधारमा ३०० युुरो प्रदान गरिनेछ। सरकारको यो कदमले विभिन्न व्यापार व्यवसाय समेत लाभान्वित हुुने जनाइएको छ। 

कोरोनाबाट सबैभन्दा धेरै प्रभावित पर्यटन, होटेल र मनोरञ्जनजस्ता क्षेत्रहरुलाई जुुनदेखि अगस्ट महिनासम्म २५ बिलियन युुरोबराबरको “ब्रिजिङ हेल्प” प्रदान गरिनेछ। रेस्टुुराँ, होटेल र इभेन्ट म्यानेजमेन्ट कम्पनीहरुलाई यदि एक वर्षपहिलेको तुुलनामा अहिले आम्दानीमा ७० भन्दा बढी कमी आएको छ भने उनीहरुको निश्चित सञ्चालन खर्चको ८० प्रतिशत प्रदान गरिनेछ। – एजेन्सी