काठमाण्डौ । जलवायु परिवर्तनको असले आइसल्यान्डको ७०० सय वर्ष पुरानो आकोजोकुल हिमनदीको अस्तित्व पूर्ण रुपमा पग्लिएर नष्ट भएको छ।

जलवायु परिवर्तनका अस्तित्व मेटिएको आकोजोकुल नै विश्वको पहिलो हिमनदी बन्न पुगेको छ । हिमनदीको अस्तित्व मेटिएपछि आइसल्यान्डमा आइतबार शोक मनाइएको छ।

प्रधानमन्त्री केटरिन जोकोबस्दोतियरसहित मन्त्रीहरुले हिमनदी मासिएकोमा श्रद्धाञ्जली दिएका छन् । प्रधानमन्त्री केटरिनले आफ्नो शोक सन्देशमा भनेका छन्, ‘यो जे भइरहेको छ त्यो ठीक छैन । यसलाई रोक्नुपर्छ । यसका लागि आवश्यक कदम उठाउन आवश्यक छ ।’

यसअघि राइस विश्वविद्यालयको मानव विज्ञानका एसोसिएट प्रोफेसर सायमिनी हावेले गत जुलाइमा भनेका थिए, ‘जलवायु परिवर्तनका कारण आफ्नो अस्तित्व गुमाउने विश्वको पहिलो हिमनदी आइसल्यान्डको ओकोजोकुल नै हुनेछ ।’

आइसल्यान्डको पश्चिमी सबआर्कटिकस्थित ओक ज्वालामुखी क्षेत्रमा ओकजोकुल हिमनदी रहेको थियो । विगत केही वर्षदेखि यो हिमनदी तीव्रगतिमा पग्लिरहेको थियो । जसका कारण यो हिमनदीको अस्तित्व सकिन लागेको पहिलेदेखि नै अनुमान लगाइँदै आएको थियो ।

सन् १९०१ मा यो हिमनदी करिब ३८ वर्गफिट किलोमिटरमा फैलिएको छ । अहिले यसको क्षेत्रफल घटेर १ वर्गकिलोमिटरमा सीमित भएको छ ।

जलवायु वैज्ञानिकका अनुसार भविष्यमा आइसल्यान्डका अन्य ४०० हिमनदी यसरी नै नाश हुनेछन् । यहाँका हिमनदीहरुमा बरफ पग्लने दर प्रतिसाल ११ बिलियन टन रहेको छ ।

इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचरका अनुसार यदि ग्रिन हाउस ग्यासको उत्सर्जन कम नभएमा सन् २१०० सम्म विश्वका आधाभन्दा बढी हिमनदी पग्लिएर समाप्त हुनेछन् । – एजेन्सी