काठमाण्डौ । हरेक मानिसले धेरै पैसा कमाउन खोज्छ, तर सबैको भाग्यमा पैसा कमाउने नै भन्ने लेखेको हुँदैन । पैसा कमाउन खोज्दा खोज्दै आफ्नो गोजी रित्याउनेहरु समेत धेरै छन् । करोडपति क्षणभरमै रोडपति भएका उदाहरण समेत प्रशस्तै छन् । तर, कतिपय मानिस यति धेरै भाग्यमानी हुन्छन् कि जसले एकदिनमै सोच्दै नसोचेको कमाई गर्छन् । विश्वमा एक व्यक्ति यस्ता छन्, जसले एकदिनमै ८०० करोड भन्दा बढी कमाएर सबैलाई चकित पारिदिए । 

हलीउड अभिनेत्री सलमा हाइकका पति फ्रेकोइस हेनरी पिनाल्टले एकदिनमा १७ हजार करोड भन्दा बढी कमाएका छन् । खासमा लग्जरी फेसन ब्राण्ड गुुस्सी, स्टेल्ला, मेक्कार्टने, एलेक्जेण्डर मेक्किवन तथा युविस सेन्ट लरेन्ट(वाइएसएल)को प्यारेन्ट कम्पनी केयरिङको सेयर मूल्यमा उछाल आयो । पछिल्लो त्रैमासको रिटर्न निकै राम्रो भएका कारण कम्पनीको सेयरमूल्य हालसम्मकै सर्वाधिक स्तरमा उक्लियो । 

पिनाल्टका पिता फ्रेकोइन्सले सन् १९६३ मा केयरिङ कम्पनीको स्थापना गरेका थिए । ब्लुमबर्ग बिलियनर्स इण्डेक्सका अनुसार सेयर मूल्यमा तीव्रता आएपछि कम्पनीको बजार बढेर ५८०० करोड डलर भन्दा बढी पुुगेको छ । फोब्र्स रियल टाइम नेटवर्थका अनुसार पिनाल्ट फेमिलीको कुल सम्पत्ति २७२० करोड डलर रहेको छ र उनी विश्वका ६३ औं धनी व्यक्तिको रुपमा सूचिकृत छन् । पिनाल्टले सन् २००९ मा हलीउड अभिनेत्री सलमा हाइकसँग विवाह गरेका थिए ।