काठमाण्डौ । सर्वाधिक चासोको बिषय बनेको भरतपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार प्रचण्डपुत्री रेणु दाहालले एकाएक अग्रता लिएकी छिन् । 

दाहालले ११ हजार ९ सय ८५ मत प्राप्त गरेकी छिन् भने एमालेका देवी ज्ञवालीले ११ हजार ९ सय २ मत प्राप्त गरेका छन् । 

आज(शुक्रबार) प्रचण्ड एक कार्यक्रमको बाहानामा चितवन जाने र सो क्रममा छोरीलाई जिताउने खेल हुनसक्ने भन्दै हिजोदेखि नै केही मिडियाहरुमा चर्चा सुुरु भएको थियो । एमालेका शीर्ष नेता र प्रचण्डबीच रेणुु दाहाललाई १० हजार मत अन्तरले जिताउने गोप्य सहमति भएको पनि केही मिडियाहरुले लेखेका थिए । 

दोश्रो संविधानसभा निर्वाचनको क्रममा समेत सिरहाबाट एमालेका उम्मेद्वारलाई हेरेको हेर्यै पार्दै प्रचण्डलाई जिताइएको घटना समेत अहिले चर्चामा छ । केही मिडियाले उच्च स्रोतको हवाला दिंदै रेणुुलाई जिताउने योजना बनेको समाचार प्रवाह गरेको केही घण्टा नबित्दै उनले २ हजार बढीको मतअन्तरले अगाडि रहेका देवी ज्ञवालीलाई नाटकीय ढंगले उछिनेकी हुन् ।