काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले जाजरकोटको नलगाड नगरपालिका वडानम्बर ७ मा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रमअन्तर्गत रु. १ लाखको आर्थिक सहयोग प्रदान गरेको छ । 

मंगलबार विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण गरिएकको बैंकले विज्ञप्ति जारी गरी जनाएको हो । 

यस विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब ११५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले प्रष्ट्याएको छ । 

सो रकमबाट शुद्ध खानेपानीका लागि आवश्यक पूर्वाधार निर्माण गरिने विद्यालय प्रशासनले जनाएको छ । 

शुद्ध खानेपानीको अभावमा पठनपाठनमा भइरहेको अवरोधलाई अन्त गर्न यस किसिमको सहयोगले टेवा पुग्ने विश्वास बैंकले लिएको छ। 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँचलाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।