काठमाण्डौ । मंसिर महिना लागेसँगै जाडोको मौसम पनि सुरु भइसकेको छ । 
चिसोयाममा गाडी चलाउने चालकहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यतिबेला चिसोले दुईपांग्रेदेखि चारपांग्रे सवारीसाधन स्टार्ट नभएर हैरान हुनुपर्ने स्थितिको सामना गर्नुपर्ने हुन्छ । 

यस्ता समस्याबाट उन्मुक्ति पाउन आफ्नो सवारीसाधनमा केही बदलाव गर्नुपर्ने हुन्छ । जुन हामीले तल बुँदागत रुपमा उल्लेख गरेका छौँ । जसले जाडोबाट गाडीमा उत्पन्न हुने समस्याबाट टाढा राख्न सहयोग पुर्याउँछ ।

१. जाडो सुरु भएसँगै आफ्नो गाडीको ब्याट्री जाँच गराउनुपर्दछ । किनकि जाडोमा सबैभन्दा बढी समस्या बाइक र स्कुुटीको ब्याट्रीमा आउने गर्दछ । यदि ब्याट्री तीन वर्ष वा त्योभन्दा बढी पुरानो भइसकेको छ भने ब्याट्री फेर्नु पर्दछ । यदि ब्याट्री धेरै पुुरानो भएको छैन भने पनि एकपटक आफैँ चेक गर्नुपर्दछ । ब्याट्रीको टर्मिनलमा सेतो वा पहेँलो रङको पाउडर लागेको छ कि छैन भनेर जाँच्नुपर्दछ । यदि त्यस्तो रङ छ भने त्यसलाई ब्रसले सफा गर्नुपर्दछ । यसरी ब्याट्रीको अवस्था राम्रो बनाउन सकिन्छ ।

२. कयौँपटक गाडीको मर्मतसम्भार सही तरिकाले नगर्दा पनि यस्ता समस्या आउन सक्छन् । त्यसैले जाडो मौसम सुरु हुनुअगावै नै आफ्नो गाडीको सर्भिसिङ गराउनु पर्दछ । बेलैमा सर्भिसिङ गराउँदा जाडो मौसममा गाडीमा देखिने समस्याबाट मुक्ति पाउन सक्छौँ ।

३. जाडो मौसममा बेलाबेलामा गाडीको टायर पनि जाँच गरिरहनुपर्दछ । किनकि जाडो मौसममा उत्पन्न हुने शीतका कारण गाडीको टायरमा बढी घर्षण उत्पन्न हुन्छ । यसले गर्दा टायर चिप्लने सम्भावना बढी हुुन्छ । त्यसैले टायरको अवस्था जानी राख्न पनि जरुरी हुन्छ ।

४. कारको भित्र वातावरण एड्जस्ट गर्ने सिस्टम पनि जाँच गराउनुपर्दछ । जाडोको मौसममा कारको क्याबिन बन्द राख्दा त्यसमा कार्बन डाइअक्साइड लिक हुन्छ । यसले गर्दा गाडीमा धेरै नै नोक्सान हुन सक्छ । त्यसैले जाडो मौसममा गाडीभित्रको वातावरण एड्जस्ट सिस्टममा पनि विशेष ध्यान दिनुपर्दछ ।

५. जाडोको मौसममा गाडीको फग्स लाइटमा पनि ध्यान दिनुपर्दछ । जाडो मौसममा लाग्ने तुवाँलो काट्न यो फग्स लाइटको प्रयोग हुन्छ । यदि गाडीमा यो लाइट छैन भने जडान गर्नुपर्दछ । किनकि जाडो मौसममा फग्स लाइट बिना गाडी चलाउँदा दुर्घटनाको जोखिम बढी हुन्छ । अझ हाइवेमा फग्स लाइट बिना गाडी असम्भव प्रायः नै हुन्छ । – एजेन्सी