काठमाण्डौ । जाडो छिप्पिसकेको छ । चिसोबाट बच्न सबैले आ–आफ्नो क्षमता अनुसारको व्यवस्थापन गर्न थालिसकेका छन् । यो जाडोमा आफूलाई न्यानो राख्ने काम गर्नुपर्ने हुन्छ । आधुनिक प्रविधिले सुसज्जित जमानामा हामी तपाईलाई यस्तै ५ आधुनिक इलेक्ट्रोनिक प्रडक्टको बिषयमा बताउन गइरहेका छौ, जुन तपाईलाई मुटु कमाउने जाडोमा आफूलाई न्यानो बनाउन निकै काम लाग्नसक्छ । 

यूएसबी रिचार्जेबल ह्याण्ड वार्मर


यो जाडोयाममा तपाई आफ्नो हातलाई तातो बनाइराख्न सनज्याक हिट बैंकको प्रयोग गर्न सक्नुुहुन्छ । यो डिभाइसले तपाईको स्मार्टफोनलाई समेत चार्ज गर्छ । ७५०० mAHको ब्याट्री भएको यो डिभाइसले एउटै समयमा तपाईको हातलाई न्यानो बनाउनुुको साथै स्मार्टफोन समेत चार्ज गर्नेछ । 

हीटेड स्मार्ट टप्स


यदि यो जाडोमा तपाई बाहिर घुमघाम गर्न तथा क्यापिङमा जान खोजिरहनुुभएको छ भने तपाईका लागि पोलर सील हिटेड टप्स निकै फाइदाजनक हुनसक्छ । यो वासेबल(धुन सकिने) गार्मेन्ट हो, जसमा अल्ट्रा थिन तथा फ्लेक्सीबल हिटिङ एलिमेन्ट रहेको हुन्छ । एकपटक यसलाई लगाएपछि त्यसको १० सेकेण्डबाटै तपाईलाई यसले न्यानो बनाउन थाल्नेछ । यसका लागि तपाईले सिर्फ एक बटन दबाउनुपर्ने हुन्छ । तपाईलाई यो गार्मेन्टमा २ वटा हिटिङ जोन्स(क्षेत्र) र ३ प्रकारको हिटिङ लेभल दिइएको हुन्छ, जसलाई तपाईले आफ्नो सहुलियतको हिसाबले छनौट गर्न सक्नुुहुन्छ । 

वेकअप लाइट


जाडोमा ओछ्यानबाट बाहिर निस्किन मन लाग्दैन । यस्तो अवस्थामा फिलिप्स कम्पनीको वेकअप लाइट डिभाइस उठ्ने सबैभन्दा राम्रो तरिका हो । यो एक बत्तीजस्तो डिभाइस हो, जसले बिस्तारै बिस्तारै सूूर्यको प्रकाश झै लाइट फ्याक्छ ।

हिटेड माउस


जाडोयाममा कम्प्युटर वा यस्तै पीसीमा काम गर्नु पनि निकै कष्टकर हुन्छ । यस्तो बेलामा तपाईले वार्म कम्प्युटर माउस प्रयोग गर्न सक्नुुहुन्छ । नियमित रुपमा चलाइने आम माउस झै यो पनि एक वा दुुई बटन भएको माउस नै हो । प्रयोगको दौरान यो माउसले बिस्तारै बिस्तारै प्रयोगकर्ताको हातलाई तातो बनाइदिन्छ । यो माउस बनाउनेवाला कम्पनीले यो माउसको प्रयोगबाट ब्लड सर्कुलेसन नहुने जस्तो समस्या समेत निराकरण हुने दाबी गरेको छ।

स्मार्ट ब्रुअर


जाडोयाममा धेरै मानिसहरुका लागि एक कप चिया चिसो भगाउने उत्तम उपाय हुनसक्छ । बजारमा यस्तै एउटा ब्रुुअर बनाउनेवाला चिम डिजाइन भएर बजारमा आएको छ, जसले केबल तीन मिनेटमा एक फ्रेस चिया तयार गरिदिन्छ । यो मेसिनमा तपाईले कति चिया बनाउने, चिनी वा दूध कति हाल्ने भन्ने बिषय आफ्नै हिसाबले छनौट गर्न सक्नुुहुन्छ ।