काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमीटेडले आगामी असोज २९ गते आफ्नो २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

साधारणसभा जनकपुरधामस्थित होटल रामामा आयोजना हुनेछ । 

साधारणसभाले २२ प्रतिशत बोनस सेयर र १.१६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

यस्तै, संभावित मर्जर र एक्वीजिसनको बाटो खुल्लै राख्ने अजेण्डामाथि छलफल हुने साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वित्तीय विवरण पेश हुनेछ भने चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति समेत गरिनेछ । 

कम्पनीले साधारणसभाको प्रयोजनका लागि असोज १६ देखि बुक क्लोज हुने जनाएको छ । यसको अर्थ यो कम्पनीको साधारणसभामा सहभागी बन्न चाहनेले असोज १५ गतेभित्र सेयर खरीद गरिसक्नुपर्नेछ ।