बीबीसी । हिजोआज जापानी कम्पनीहरु आफ्ना कर्मचारीलाई रुवाउने अचम्मको काममा जुटेका छन् । कम्पनीहरुले कर्मचारीलाई रुवाउने मामलामा चासो देखाएकै कारण रुने र रुवाउने व्यवसाय संचालन गरेको एक अनौठो कम्पनी समेत पछिल्लो समय जापानमा चम्किरहेको छ ।

यो सेवामा पहिला कर्मचारीलाई कुनै मन छुने फिल्म देखाएर रुवाइन्छ र रोएका कर्मचारीहरुको आँसु रुमालले पुछिदिइन्छ । 

आखिर यसरी रुवाउनुको उद्देश्य के हुनसक्ला ?

जापानमा यसरी रुने, रुवाउने र आँसु पुछिदिने कामले मानिसहरुका बीच आपसी सम्बन्ध प्रगाढ हुने र यसले टिमको सम्बन्ध समेत निकै मजबुत बन्ने विश्वास गरिन्छ । 

जापानमा यसरी रुने, रुवाउने र आँसु पुछिदिने कामले मानिसहरुका बीच आपसी सम्बन्ध प्रगाढ हुने र यसले टिमको सम्बन्ध समेत निकै मजबुत बन्ने विश्वास गरिन्छ । 

यो रुवाउने कारोबार यसरी हुन्छ :
टोकियोमा एक कम्पनीको सभाहलमा एक व्यक्ति त्यहाँ मौजुद मानिसलाई फिल्म देखाउने तयारी गरिरहेका थिए । केहीबेरमै स्क्रीनमा एक बोल्न नसक्ने व्यक्ति र उनकी छोरीको मन छुने कहानी सुरु भयो । फिल्मको कहानीमा जब सो मानिसकी छोरी गम्भीर रुपमा बिरामी पर्छिन, त्यसपछि छोरीलाई लिएर सो व्यक्ति हस्पिटल पुग्छ । 

तर, बोल्न नसक्ने भएकै कारण उसले हस्पिटलमा बताउन सक्दैन कि ऊ नै ती केटीको असली बुबा हो । यही कारण उसलाई बिरामी छोरीको छेउमा बस्न दिइन्न, नजिकबाट हेर्न र छुन पनि दिइन्न । यो फिल्मको अन्तमा सो बिरामी केटीको मृत्यु हुन्छ । जीवनको आखिरी मोडमा केटी पूर्ण रुपमा एक्ली हुन्छे । उसका बुबा पनि उसको साथमा हुँदैन । 

यसपछि ज्यानै लिने बिरामीबाट ग्रस्त एक कुकुरको बिषयमा बनाइएको अर्को फिल्म सुरु हुन्छ । यसबेला सभाहलमा कसैको पनि बोलेको आवाज सुनिदैन । तर केहीबेरमै एक व्यक्ति सभाहलमा जोड जोडले सुक्क सुक्क गर्दै रुन थालेको आवाज सुनिन्छ । त्यसको पन्ध्र मिनेटपछि सभाहलमा आधाभन्दा बढी मानिस स्क्रीनको दृश्यमा मात्रै केन्द्रीत हुँदै धरधरी रोइरहेका देखिन्छन । त्यही बेला फिल्म देखाउने व्यक्ति उठ्छन र एक ठूलो रुमालको मद्धतले सबैको आँसु पुछ्न थाल्छन् ।

मानिसको आँसु पुछ्ने ती व्यक्ति यू जई थिए र उनी कुनै मोडल जस्तै देखिन्थे । उनले मानिसको आँसु पुछ्ने आफ्नो कामलाई निकै उत्कृष्ट ढंगले सम्पन्न गरे ।

यू जईंले बीबीसीसँग भनेका छन्–‘जब मैले अरुलाई रुवाउने कामको तयारी थालेँ, त्यसबेला मैले केही अनौठा अप्ठ्याराहरुको समेत सामना गर्नुपर्ने अवस्था भयो । मलाई यो काममा धेरै प्राक्टिस थिएन । यहीकारण म सहज रुपमा रुन पनि सक्दिँन थिएँ । यसको असर यो हुन्थ्यो कि मैले चाहे अनुसार अरुलाई समेत रुवाउन सक्दिँन थिएँ । तर, अब सबै ठीक छ । अब म मज्जाले रुन सक्छु र अरुलाई पनि रुवाउन सक्ने भएको छु ।’ 

उनलाई यो काममा पाएको सफलताका कारण हिजोआज जापानमा ‘ह्याण्डसम रुञ्चे केटा’को संज्ञा दिइएको छ । यस्तो कामलाई पेशा नै बनाउने रुञ्चे केटाहरुको संख्या पछिल्लो समय बढ्दो छ । 

उनका अनुसार जापानका नागरिक प्राय सार्वजनिक ठाउँमा हतपत रुँदैनन् । तर, यदि तपाई पहिलोपटक आफ्नो सामुन्नेको साथी अगाडि रुन थाल्नुहुन्छ, तब आसपासको वातावरणमा निकै फरक पर्छ, खासगरी व्यापारको क्षेत्रमा । 

उनलाई यो काममा पाएको सफलताका कारण हिजोआज जापानमा ‘ह्याण्डसम रुञ्चे केटा’को संज्ञा दिइएको छ । यस्तो कामलाई पेशा नै बनाउने रुञ्चे केटाहरुको संख्या पछिल्लो समय बढ्दो छ । 

यो काम पछाडिको मुख्य उद्देश्य तपाईंको कोमल भावनालाई देखाउनु  हुन्छ । मानिएको छ कि यसो गर्दा तपाईसँग अरु मानिस भावनात्मक रुपले जोडिनेछन् र उनीहरुले एक टिममा रहेर निकै राम्रो काम पनि गर्नसक्नेछन् । 

यो अनौठो वर्कसपमा यू जई बिरामी पाल्तु जनावर वा पिता पुत्रीको सम्बन्धमाथि फिल्म देखाउने गर्छन् । 
कम्पनीहरुले समेत कयौं ह्याण्डसम रुञ्चे केटामध्ये कोही एकजनालाई रोज्छन् र कर्मचारीका लागि रुवाउने वर्कसप आयोजना गर्छन  । रुवाउनका लागि संचालन हुने यस्ता वर्कसपको आइडिया हिरोकी तराईको दिमागको उपज थियो, यी व्यक्ति एक सफल व्यवसायी पनि हुन् । 

उनले भनेका छन्–‘मेरो चासो सधैं मानिसभित्र लुकेको भावनामा रह्यो । यहीकारण म जापानीहरुलाई रुवाउन चाहन्थे ।’ 

उनीभित्र यो चेतना सबैभन्दा पहिला १६ वर्षको उमेरमा आएको थियो । त्यसबेला स्कूलमा उनका कोही पनि साथी थिएनन् । उनी ट्वाइलेटमा गएर आफ्नो लञ्च खान्थे । त्यसबेलाको क्षणलाई उनले जीवनकै एक मुश्किल समय भनेका छन् । उनले भने–‘त्यस बेला मैले मानिसभित्रको सच्चा कुरा जान्ने प्रयास सुरु गरेँ । मानिसहरु बाहिरबाट त हाँसेका देखिन्थे, तर सधैं सत्य त्यो हुन्न, जे बाहिर देखिन्छ ।’ 

उनको पहिलो प्रोजेक्ट सम्बन्ध बिच्छेद लिइरहेका जोडीका लागि थियो । यसका लागि विवाहको समारोह झै सम्बन्ध बिच्छेद गर्नेहरुका लागि समेत विशेष समारोह आयोजना गरिएको थियो । यो समारोहको जोडीलाई दौरान हथौडाले विवाहको औंठी चकनाचुर पार्न लगाइएको थियो । 

यसको बारेमा त्यो जोडीको सुझाव थियो कि रुनु नै मनलाई सबैभन्दा राम्रो राहात दिने एक विकल्प पनि हो । हिरोकीले फेरि सन् २०१३ मा रुने र रुवाउने यो अनौठो व्यवसाय सुरु गर्ने निर्णय लिएका थिए ।