नयाँदिल्ली । लोकसभा चुनाव भन्दा पहिला आर्थिक मोर्चामा मोदी सरकारका लागि निकै राम्रो खबर छ । 

केन्द्रीय सांख्यिकी संगठन(सिएसओ)ले जारी आर्थिक वर्षमा भारतको विकास दर ७ प्रतिशतभन्दा बढी हुने प्रक्षेपण जारी गरेको छ ।

सिएसओले भनेको छ कि आर्थिक वर्ष २०१८/१९ मा भारतीय अर्थव्यवस्था ७.२ प्रतिशतको गतिले बढ्न सक्नेछ । २०१७/१८ मा भारतको जीडीपी ग्रोथ ६.७ प्रतिशत रहेको थियो ।

सिएसओले सोमबार भनेको छ कि जीडीपी ग्रोथमा सुधारको आधार मुख्य रुपमा कृषि तथा निर्माण क्षेत्रमा भइरहेको तीव्र वृद्धिदर हुनेछ । 

जारी वर्षमा कृषि, मत्स्यपालनतर्फ ३.८ प्रतिशतको वृद्धि हुनसक्नेछ । गत आर्थिक वर्षमा समेत यी क्षेत्रमा ३.८ प्रतिशतकै वृद्धि कायम भएको थियो ।

उत्पादनमूल क्षेत्रले निकै ठूलो छलाङ मार्नसक्ने अनुमान गरिएको छ । आ.ब. २०१७/१८ मा कायम ५.७ प्रतिशतको वृद्धिको साटो जारी वर्षमा यो क्षेत्रको वृद्धिदर ८.३ प्रतिशतले हुने अनुमान गरिएको छ ।