►एरिक विनर, बीबीसी ट्राभल
विश्वमा एउटा सानो देश यस्तो पनि छ, जसको विश्वका हरेक मानिससँग सम्बन्ध जोडिएको छ । यो देश यति सानो छ कि, जसको क्षेत्रफल दिल्लीको आवादी भन्दा ४ ५ गुणा मात्र बढी छ । तर यही सानो देशमा मानिसका लागि आवश्यक अह्म वस्तुहरुको आविस्कार भए । यहीकारण यो देशलाई प्रतिभाशालीहरुको देश पनि भनिन्छ । कारण, यहाँका मानिसले विश्वभरका मानिसका लागि काम लाग्ने धेरै चिजहरु बनाएका छन् । 

यो सानो र प्रतिभाशाली नागरिकहरु बस्ने देको नाम हो स्टकल्याण्ड । यो देश इंग्लयाण्डको छिमेकी देश हो र यूनाइटेड किंगडमको एक हिस्सा हो । 

यदि तपाईले क्यालेण्डर वा एनसाइक्लोपेडिया प्रयोग गर्नुभएको छ भने तपाईले स्कटल्याण्डका मानिसहरुको बुद्धिको फाइदा उठाइरहनुुभएको छ । यदि तपाईले ट्वाइलेटको फ्लस चलाउनुुभएको छ, फ्रिज प्रयोग गर्नुभएको छ, साइकल चलाउनुुभएको छ भने तपाईले स्टकल्याण्डका प्रतिभावान नागरिकप्रति आभार प्रकट गर्नुपर्ने हुन्छ । 

स्कटल्याण्डको देन
यदि तपाईको कुनै अंगको अपरेसन भएको छ र अपरेसन(सर्जरी)को क्रममा तपाईलाई थोरै पनि पीडा(दुखाई) महसुस भएन भने यसका लागि समेत तपाईले स्कटल्याण्डकै नागरिकप्रति कृतज्ञता व्यक्त गर्नुपर्छ । 

बफको शक्ति पहिचान गरी इञ्जिन बनाउने जेम्स वाट पनि यही देशका थिए । यस्तै, अर्थशास्त्रलाई पृथक विषयको रुपमा स्थापित गर्ने एडम स्थिम पनि स्कटिश(स्कटल्याण्डको नागरिक) नै थिए । 

सिर्जनशीलता र आविस्कारको क्षेत्रमा स्कटल्याण्डले यति धेरै छलांग मारेको छ, यसको देन गन्ती गर्न मुश्किल हुन्छ । 

यदि तपाई कुनै बेला यो सुन्दर जिनियसहरुको देश पुुग्नुुभयो भने यहाँको माहौल, यहाँको रहनसहन नै यो देश खास रहेको महसुुस गराइदिन्छ । 

राजधानी एडिनबरा प्रवेश गरेलगत्तै शान्त सहरको गज्जबको अनुुभूति गर्न पाइन्छ । यहाँका गल्लीहरु, बिलुुप्त भइसकेको ज्वालामुखी आर्थर, शहरभरि टनाटन भरिएका पुस्तक बिक्री केन्द्रहरु जस्ता हरेक दृश्य तथा हरेक कदमले यो देश विशेष रहेको महसुुस हुन्छ । 

ह्यारी पोटर सेरिजको किताबकी लेखिका जे के रोलिंगले समेत यही देशमा पुुगेपछि सफलता प्राप्त गरिन् । जब उनी सन् १९९३ मा स्कटल्याण्डको राजधानी पुुगेकी थिइन्, त्यसबेला उनी दुुई बच्चाकी आमा थिइन् । तर, उनी त्यहाँ एक्लै थिइन्, एक्लै उनले ती बच्चाको रेखदेख र लालनपालन गर्नुपर्ने थियो । 

यहाँको चर्चित रेष्टुराँ एलिफेन्ट हाउस र निकोलसन क्याफेमा बसेर उनले ह्यारीपोटर र तिनका पात्रहरुलाई जन्म दिइन् । अहिले एलिफेन्ट हाउसको अगाडि त एउटा बोर्ड नै लगाइएको छ, जसमा भनिएको छ- ह्यारी पोर्टरको जन्मस्थान । 

ह्यारी पोटर सेरिजको किताब पढ्दै यदि तपाईले राजधानी एडिनबरा तथा आसपासको दृश्य तथा माहौलप्रति नजर लगाउनुुभयो भने धेरै चिजहरु मेल खान्छन् । मसलन, हेगवार्टस्, शहरको जर्ज हेरिएट स्कूलसँग ह्यारी पोर्टरको दृश्य मिल्न जान्छ । 

जिनियस मानिसमा सबैभन्दा अगाडि


स्कटल्याण्ड धेरै सानो देश हो । तर जिनियस(प्रतिभाशाली) मानिसहरुको सूचिमा विश्वमै यो देशको नाम सबैभन्दा अगाडि आउँछ । 

स्कटल्याण्डमा सिलिकन ग्लेन नामको एक ठाउँ छ, जहाँ आजको समयमा पनि हाइटेक रिसर्च भइरहेको छ । यही ठाउँमा बनावटी हात खुट्टा भएको नयाँ पिढीको आविष्कार गरिएको छ, जसलाई तपाईले एपमार्फत चलाउन सक्नुुहुन्छ ।

आखिर स्कटिशहरुको लोभलाग्दो सिर्जनशीलताको राज चाहि के होला ?

नाटककार डोनाल्ड क्याम्पबेलको भनाईमा स्कटल्याण्डले सधैं विश्वलाई आश्चर्य दिइरहन्छ । 

सन्की हुन्छन् यहाँका मानिस
यहाँका मानिसहरु निकै निजी टाइपका हुन्छन् । भयंकर जाडोमा समेत यहाँका मानिसहरु टीशर्ट र छोटा कपडा लगाएर दौडिरहेका भेटिन्छन् । 

यो देशमा गज्जबको विरोधाभास छ । एकापट्टि एडम स्मिथ छन्, जसले अर्थशास्त्रको खोज गरे । अर्कोतर्फ थोमस कार्लाइल समेत छन्, जसले यसलाई वाहियात विज्ञान भनेर मजाक उडाइदिए । स्थानीय शिक्षक म्यूरियल किर्टोनको भनाईमा स्कटिश जनता थोरै सन्की स्वभावका हुन्छन् । 

उन्मादमा निर्णय लिन्छन् । किर्टोनले आफूले प्राय निकै सोचविचार गरेर निर्णय लिने गरेको सुनाए । तर, उनले एकपटक सनकको भरमै दक्षिण अमेरिका घुम्ने निर्णय गरेका थिए । 

स्कटल्याण्ड यूनाइटेड किंगडमको एक हिस्सा हो । यहाँ खोज र आविष्कारलाई निकै प्राथमिकता दिइन्छ । जसको उदाहरण राजधानीमा लाग्ने गरेको भव्य र अनौठो विज्ञान मेला पनि एक हो । यो मेलामा तपाईले अनौठा अनौठा चिजहरु देख्न पाउनुहुन्छ । 

यस्तै हरेक अगस्टमा यहाँ एडिनबरा फ्रिञ्ज फेस्टिबल हुन्छ, यो कलाको दुनियाँको सबैभन्दा ठूलो उत्सव पनि हो । 

नयाँ कुरा सोचिरहन्छन्
बाहिरबाट आएर स्कटल्याण्डमा बस्दै आएका रोबर्ट बियरका अनुसार यहाँका मानिसका लागि सबैभन्दा जाडो दिन सिर्जनशीलताको हिसाबले सबैभन्दा उत्कृष्ट दिन हुन्छ । भयंकर ठण्डा हुन्छ, यहीकारण मानिस घरबाट निस्किन पाउँदैनन् । घरमै बसी बसी के गर्ने त ? यही बेलामा कसैले केही नयाँ सोच्छन् । कसैले केही नयाँ कुरा खोज्छन । 

तर भयंकर ठण्डा मौसममा पनि यहाँका मानिस नदीकिनारको छेउछाउमा टिसर्टकै भरमा हिँडिरहेका, दौडिरहेका भेट्न सकिन्छ । यहाँका नागरिकहरुलाई आफ्ना देशका चर्चित लेखक रोबर्ट लुुईको सुुझाव मानेको जस्तो देखिन्छ । लुुईले भनेका थिए-हिँडिरहनुु नै जिन्दगी हो । 
(भावानुुवाद)