काठमाण्डौ । लगानी पोर्टफोलियोको समीक्षा गर्ने एउटा अहम् हिस्सा हो वित्तीय योजना ।

जीवनकालमा आउने अलग–अलग उमेर अवस्थामा परिवर्तित लक्ष्यअनुसार वित्तीय योजना पनि परिवर्तन गर्न आवश्यक हुन्छ । उमेर अवस्थालाई हामी तीन भागमा विभाजन गरेर वित्तीय योजना बनाउन सक्छौँ ।

पहिलो २१–४० वर्षको उमेर समूह । यो उमेर समूह भनेको उच्च काम गर्नेसँगै राम्रो आम्दानी गर्ने अवस्था हो ।

दोस्रो ४१–५५ वर्षको उमेर समूह । यो समूह भनेको सन्तोषजनक आम्दानी र परिवारप्रतिको लगाव हो ।

तेस्रो तथा अन्तिम चरण भनेको ५६ वर्षभन्दा माथिदेखि अधिक उमेरसम्मको। यो उमेर समूहका मानिसको उद्देश्य बचत रकमबाट राम्रो रिटायरमेन्ट योजना बनाउनु नै हो । 

आम्दानी चरणको पोर्टफोलियो यस्तो हुनुपर्छ :

सेयरमा ६० प्रतिशत, ऋणपत्रमा १० प्रतिशत र घरजग्गामा ३० प्रतिशत हुनुपर्छ । 

पारिवारिक चरण

पारिवारिक चरणमा सम्भवतः तपाइँ परिवारप्रति लचक हुनुपर्छ । तपाइँ घर किनिसक्नुभयो वा किन्ने योजनामा हुनुहुन्छ । तपाइँले आम्दानी र खर्च दुवै बढाउनुभएको छ । पारिवारिक चरणमा बालबच्चाको पढाइ, पारिवारिक घुमफिर, गाडी, घर किन्नका लागि धेरैजसोले धेरैभन्दा धेरै पैसा जम्मा गर्ने लक्ष्य राख्छन् । स्वास्थ्य वा टर्म इन्स्योरेन्स यो चरणमा नियमित राख्नुका साथै आकस्मिक फन्ड बनाउन आवश्यक हुन्छ ।

यो चरण सकिँदासम्म तपाइँसँग जागिर खाने अवधि निकै कम बाँकी रहेको हुन्छ । त्यसैले यो चरणमा प्रवेश गर्नेहरुले राम्रो वित्तीय योजनाहरु बनाउनुपर्छ ।

पारिवारित चरणको राम्रो पोर्टफोलिया यस्तो हुनुपर्छ : 

सेयरमा ५० प्रतिशत, ऋणपत्र २५ प्रतिशत, घरजग्गामा २० र सुनमा ५ प्रतिशत हुनुपर्छ ।

दोस्रो चरणमा बोनसको मद्दतले होम लोन तिर्न सकिन्छ । यो चरणको अन्त्यसम्म तपाइँको लगानीको पोर्टफोलियोबारे पुनः समीक्षा गर्नुपर्छ र सेयर तथा ऋणपत्रहरुमा लगानी बढाउनुपर्छ । 

रिटायरमेन्ट चरण

तेस्रो र अन्तिम चरण रिटायरमेन्टको हो । यतिखेर तपाइँ लगानीका विषयमा निकै कन्जरभेटिभ हुन आवश्यक हुन्छ । यो चरणमा तपाइँका छोराछोरी कलेजको पढाइ पूरा गरेर जागिरमा लागिसकेको हुनुपर्छ । अझ उनीहरुको विवाह पनि गरिसकेको हुनुहुपर्छ ।

यो चरणमा तपाइँको लगानीले विशेषगरी स्वास्थ्यमा आइपर्ने समस्या सल्टाउन सक्ने हुनुपर्छ । किनकि यो चरणमा स्वास्थ्यमा निकै ध्यान दिनुपर्छ। यसका लागि तपाइँले राम्रो स्वास्थ्य बिमा योजना बनाउन सक्नुहुन्छ। 

रिटायरमेन्ट स्टेजको पोर्टफोलियो यस्तो हुनुपर्छ : 

इक्विटी २५ प्रतिशत, डेट ६० प्रतिशत, रियल एस्टेट १० प्रतिशत र गोल्ड ५ प्रतिशत । – एजेन्सी