काठमाण्डौ । जिप कम्पनीले कम्पास एसयूभीको डिजेल अटोमेटिक मोडेलको कार भारतीय बजारमा लन्च गरेको छ ।

डिजेल इन्जिन अटोमेटिक गियरबक्स भएको जिप कम्पास दुई भेरियन्ट लंगिच्युड र लिमिटेड प्लसमा उपलब्ध रहेको छ । यी दुई कारकोे मूल्य कम्पनीले क्रमशः भारु २१.९६ लाख र २४.९९ लाख तोकेको छ । कम्पनीले कारको बुकिङ सुरु भइसकेको र चाँडै नै डेलिभरी पनि सुरु गर्ने जनाएको छ ।

जिप कम्पास डिजेल अटोमेटिकको लंगिच्युड भेरियन्टको मूल्य यसको म्यानुुअल मोडेलको तुलनामा करिब भारु ४ लाख महँगो रहेको छ । लंगिच्युड भेरियन्टमा बीएस सिक्स इन्जिन, अधिक फिचर्स, ९ स्पिड अटोमेटिक गियर बक्स र फोर ह्विल ड्राइभर सिस्टम उपलब्ध रहेका छन् । जसका कारण म्यानुअल गियर बक्स मोडेलभन्दा यसको मूल्य धेरै रहेको छ।

त्यस्तै लिमिटेड प्लस डिजेल अटोमेटिकको मूल्य यसको म्यानुअल मोडेलको तुलनामा करिब भारु १.९ लाख महँगो पर्न आउँछ ।

जिप कम्पास रेन्जमा तत्काललाई केवल टप मोडेल कम्पास ट्रेलहकमात्रै डिजेल इन्जिन गियर बक्समा उपलब्ध रहेको छ । यसको मूल्य भारतीय बजारमा भारु २६.८० लाख देखि २७.६० लाखको बीचमा रहेको छ ।

कम्पासका यी दुवै नयाँ डिजेल अटोमेटिक भेरियन्टमा बीएस सिक्स कम्पलायन्ट २ लिटर डिजेल इन्जिन रहेको छ । जसले १७३ एचपी पावर जेनेरेट गर्दछ । यसको इन्जिन ९ स्पिड अटोमेटिक ट्रान्समिसनबाट सुसज्जित छ ।

कम्पास लंगिच्युड भेरियन्टमा १७ इन्च अल्वेय ह्विल, एबीएस, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, हिल स्टार्ट असिस्ट तथा चारवटै पांग्रामा डिस्क ब्रेकजस्ता विशेषता उपलब्ध छन् ।

त्यस्तै लिमिटेड प्लस भेरियन्टमा सनरुफ, अटो हेड ल्याप्स्, रेन सेन्सिङ वाइपर्स, ६ एअर ब्याग्स् र १८ इन्च अल्वेय ह्विलजस्ता विशेषता उपलब्ध छन्। – एजेन्सी