काठमाण्डौ । उद्योग वाणिज्य महासंघको निर्वाचनको ताजा मत परिणाम अनुसार प्रधान समूहको इज्जत जोगाउँदै जिल्ला नगर उपाध्यक्षतर्फ प्रमोद श्रेष्ठले जित हासिल गरेका छन् । 

उनले गोल्छा समूहका दिनेश श्रेष्ठलाई ५ मतले पराजित गर्दै जित हासिल गरेका हुुन् । प्रमोदले ५३ मत ल्याए भने श्रेष्ठले ४८ मत । 

जिल्लानगरतर्फको १८ सदस्यमा १६ जनामा गोल्छा प्यानलका सदस्य निर्वाचित भइसकेका छन् । वस्तुुगत उपाध्यक्ष, सदस्यतर्फ समेत नमीठो पराजय भोगिरहेको प्रधान समूहका लागि प्रमोद श्रेष्ठको जितले राहात दिलाएको छ ।

महासंघको यसअघिको अधिवेशनमा प्रमोद श्रेष्ठ जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा सबैभन्दा लोकप्रिय मत ल्याएर विजयी भएका थिए ।