काठमाण्डौ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुले अब सवारी पास वितरण गर्न नपाउने भएका छन् । 

गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई बुधबार एक सर्कुलर जारी गर्दै जिल्ला प्रशासन कार्यालयबाट जारी हुँदै आएको सवारी पास अर्को आदेश जारी नभएसम्मका लागि वितरण नगर्न र नगराउन भनेको हो । 

गृहले कोभिड १९ को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको र यो निर्णय केही दिनअघिको मन्त्रीपरिषद बैठकको निर्णयमा आधारित रहेको बताएको छ ।