काठमाण्डौ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरले सरकारले दाबी गर्ने भन्दा कम हुने प्रक्षेपण गरेको छ । 

चालु आर्थिक वर्षको नेपाल सरकारले ८.५ प्रतिशतको जीडीपी ग्रोथको लक्ष्य हासिल हुने दाबी गर्दै आएको छ । तर, विश्व बैंकले भने सरकारको यो लक्ष्यमा संसोधन पेश गर्दै यो वर्षको ग्रोथ ६.४ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । 

विश्व बैंकले दक्षिण एशियाली देशहरुकै जीडीपी ग्रोथ कम हुने अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै यस्तो भनेको हो । 

सन् २०१९ मा ७.१ प्रतिशत आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण छ । सन् २०१८ मा नेपालको जीडीपी ग्रोथ ७.१ प्रतिशत रहेको थियो । 

दक्षिण एशियाका ८ मुलुकमध्ये विश्व बैंकद्वारा नेपालका लागि प्रक्षेपित दर चौथो पोजिसनको हो । चालु वर्षका लागि विश्व बैंकले गरेको प्रक्षेपणमा नेपालले हासिल गर्नसक्ने वृद्धिदर दोश्रो पोजिसनको छ । विश्व बैंकले सन् २०२० मा सबैभन्दा बढी भूटानको जीडीपी ग्रोथ ७.४ प्रतिशत, त्यसपछि बंगलादेशको ७.२ प्रतिशत र तेश्रोमा भारतको ६.९ प्रतिशत हुने प्रक्षेपण गरेको छ । 

नेपालपछि माल्दिभ्सले ५.५ प्रतिशतको ग्रोथको लक्ष्य भेट्याउन सक्ने प्रक्षेपण गरिएको छ । सबैभन्दा कम पाकिस्तानको २.४ प्रतिशत मात्र ग्रोथ हुने प्रक्षेपण सार्वजनिक गरिएको छ । 

विश्व बैंकले पर्यटकको अधिक आगमन भई यस क्षेत्रको गतिविधि बढ्ने र सेवा तथा निर्माण क्षेत्रमा उल्लेख्य प्रगति भई नेपालले राम्रो वृद्धिदर हासिल गर्ने बताइएको छ ।