काठमाण्डौ । यदि तपाई बिमा गराइरहनुभएको छ भने प्रिमियम र सम्बन्धित कम्पनीको सेटलमेन्ट अनुपात बाहेकका केही महत्वपूर्ण विषयमा समेत ध्यान दिनुपर्ने हुन्छ । यसो गर्न सकियो भने मात्र सही  बिमा कम्पनीको छनौट संभव हुन्छ ।

कतिपय  अवस्थामा मानिसहरु कम प्रिमियम बुझाउनुपर्ने कम्पनीमा ध्यान दिने गर्छन्, तर राम्रो  बिमा कम्पनीको छनौटको यो सही रणनीति होइन । बिमा कम्पनीको छनौट गर्नुअघि कुन–कुन पक्षलाई विशेष ध्यान दिनुपर्छ ? हेरौं  केही टिप्स:

जीवन बिमा
यदि तपाईले जीवन बिमा पोलिसी खरीदका लागि कम्पनी छनौट गर्न खोजिरहनुभएको छ भने त्यस्तो कम्पनी छान्नुपर्छ, जसको विषयमा ग्राहकहरुबाट धेरै गुनासा वा कम्प्लेन आएको नहोस् । साथै, जुन कम्पनीको क्लेम सेटलमेन्टको रेकर्ड राम्रो छ र कस्टमर रिटेन्सन बढी छ, त्यही कम्पनीबाट जीवन बिमा लिनुहोस् । खासमा यदि कुनै कम्पनीका ग्राहक बारम्बार आफ्नो इन्स्योरेन्स रिन्यू गरिरहेका छन् भने सम्झनुपर्छ, त्यो कम्पनी राम्रो छ र त्यहाँको सेवा समेत राम्रो छ । 

क्लेमको साथमा अन्य उजुरी वा गुनासा जति कम हुन्छ, कम्पनी त्यति राम्रो हुन्छ । तथापि इन्स्योरेन्स कम्पनी छनौटको एक मात्र आधार चाहि यो मात्रै नहुन सक्छ । 

क्लेम सेटलमेन्टमा जति कम समय लाग्छ, कम्पनी उति राम्रो !
विज्ञहरुका अनुसार त्यो बिमा कम्पनी राम्रो मानिन्छ, जसले कमसेकम ८० प्रतिशत क्लेम एकमहिनाभित्र सेटल गरिसक्छ । 

हेल्थ इन्स्योरेन्स
हेल्थ इन्स्योरेन्स लिइरहँदा कम्पनीलाई निकै गहिराइमा पुगेर बुझ्न जरुरी हुन्छ । कम प्रिमियम मात्र देखेर कुनै पनि कम्पनीको हेल्थ इन्स्योरेन्स पोलिसी खरीद गर्ने भूल नगर्नुहोला । 

तपाईले स्वास्थ्य बिमाको स्किम लिनुहुन्छ भने यसलाई नवीकरण गराइरहनुपर्छ । यसकारण इन्स्योरेन्स कम्पनीको छनौट गर्ने समयमा त्यसको आगामी १० वर्षको प्रिमियमको तुलना गर्नुहोस् । त्यसपछि मात्र थाहा हुन्छ कि धेरै किफायती कुन कम्पनीको हुन्छ भन्ने कुरा । 

औसत क्लेम रेसियो ७५ देखि ८५ प्रतिशतलाई मानिन्छ । यसको कम अनुपात बिमाधारकका लागि उचित होइन । १०० प्रतिशत वा त्यसभन्दा बढीको अनुपातले यो बताउँछ कि कम्पनीले प्रिमियमबाट जति पैसा जम्मा गरेको थियो, त्यो सबै वा त्यो भन्दा बढी भुक्तानी गर्नु परेछ ।

इन्स्योरेन्स कम्पनीको कमसेकम १५० प्रतिशत सोल्भेसी अनुपात, वा १.५ प्रतिशत सोल्भेसी मार्जिन मेन्टेन गर्नुपर्ने हुन्छ । जुन कम्पनीका जति बढी सोल्भेसी अनुपात हुन्छ, त्यो वित्तीय रुपले उति नै मजबुत हुन्छ । यसको अर्थ कम्पनीबाट पेमेन्ट प्राप्तिको संभावना बढी हुन्छ भन्ने हो । 

सोल्भेन्सी  अनुपातले कुनै पनि कम्पनीको खुद आम्दानीले उसको टोटल लायवलिटिज कभर गर्न सक्छ या सक्दैन भन्ने देखाउँछ । 

सोल्भेन्सी अनुपात निकाल्ने सूत्र निम्नानुसार हुन्छ:
Solvency ratio = (After Tax Net Profit + Depreciation) / Total liabilities