काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले १ः१.५० हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव अगाडि बढाउने भएको छ । 

कम्पनीले साउन १० गते डाकेको विशेष सधारणसभामा संस्थाको पुँजी वृद्धि गर्नका लागि हाल कायम जारी पुँजीका आधारमा १ः१.१५ अर्थात १ सेयरबराबर १.५ सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावका रुपमा लैजान लागेको हो । 

मोरङको कटहरी केन्द्रीय कार्यालय रहेको यो कम्पनीले विशेषसधारणसभामा वित्तीय संस्थाको अधिकृत पुँजी रु ५० करोडबाट वृद्धि गरी रु १ अर्ब पुर्याउने, जारी पुँजी रु २० करोडबाट वृद्धि गरी रु ५० करोड पुर्याउने तथा चुक्ता पुँजी रु १४ करोडबाट वृद्धि गरी रु ५० करोड पुर्याउने विशेष प्रस्ताव पनि अगाडि बढाउने भएको छ । 

कम्पनीले हाल कायम रहेको संस्थाप/सर्वसाधारण समूहको सेयर लगानी अनुपात ७०ः३० बाट संशोधन गरी संस्थापक समूहको ६७.५ प्रतिशत र सर्वसाधारण समूहको ३२.५ प्रतिशतको अनुपात कायम गर्ने विशेष प्रस्ताव पनि साधारणसभामा राख्नेछ । 

विशेष साधारणसभामा मर्जर वा एक्विजिसनमा जाने प्रस्ताव कम्पनीले पारित गर्ने छ ।